छाउपडीविरुद्ध अभियान सञ्चालन गर्ने निर्णय
शनिबार, साउन ३, २०८२
छाउपडी गोठमा बसेको अवस्थामा गतसाता सर्पले डसेर कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ की २८ वर्षीया कमला आउजी दमाईको ज्यान गएको थियो ।
सो घटना समेतको गाम्भीर्यतालाई मध्यनजर गर्दै बसेको समितिको बैठकले छाउगोठ प्रथा उन्मूलन र समाजमा देखिएका सामाजिक विभेद एवम् छुवाछुतयुक्त व्यवहारको नियमन कार्यलाई थप प्रभावकारी ढङ्गले अगाडि बढाउन स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।