Lumbini Rise
रानीमहलको संरक्षण र प्रवद्र्धन साझा दायित्वः मुख्यमन्त्री आचार्य
रानीमहलको संरक्षण र प्रवद्र्धन साझा दायित्वः मुख्यमन्त्री आचार्य पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पाको ऐतिहासिक सम्पदा रानीमहलको संरक्षण र प्रवद्र्धनलाई साझा दायित्वका रूपमा अघि बढाउनुपर्ने बताएका छन । उनले रानीमहललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रयासमा साहित्यको भूमिकासमेत महत्वपूर्ण हुने उल्लेख गर्दै रामचन्द्र खनालद्वारा लिखित ‘रानीमहल’ ऐतिहासिक उपन्यासले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गरेका छन ।
रुपन्देहीकाे गैडहवामा भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण
रुपन्देहीकाे गैडहवामा भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण रुपन्देही। जिल्ला भूमि समस्या समाधान समितिले गैडहवा गाउँपालिका–८ र ९ का १६ भूमिहीन दलित मुसहर परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ।समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्याल र प्रमुख नापी अधिकृत मणिप्रसाद रेग्मीलगायतले उनीहरूलाई आज लालपुर्जा हस्तान्तरण गरेका हुन्।
बुटवल उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वका लागि मतदान : पौडेल र गैरे प्यानल प्रतिस्पर्धामा
बुटवल उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वका लागि मतदान : पौडेल र गैरे प्यानल प्रतिस्पर्धामा बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सेरु भएको छ । संघको कार्यालयमा सोमबार विहानदेखि मतदान सुरु भएको हो । "नयाँ सोच, नयाँ विचार, समावेशी साझा नेतृत्व" भन्ने मूल नारा र २० बुँदे प्रतिबद्धता पत्रसहित नरिश्वर शर्मा पौडेलको नेतृत्वमा एउटा प्यानल मैदानमा छ...
मंसिर पहिलो हप्ता एमालेले राष्ट्रिय भेला गर्ने
मंसिर पहिलो हप्ता एमालेले राष्ट्रिय भेला गर्ने काठमाडौं । नेकपा एमालेले आगामी मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार तल्लो तहको भेला सम्पन्न गरेर मंसिर पहिलो हप्ता राष्ट्रिय कार्यकर्ता भेला काठमाडौंमा गर्ने निर्णय आजको बैठकले गरेको छ। भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधिसहित सङ्घ, प्रदेश,...
कांग्रेस अधिवेशन : भोलि बिहान ७ बजे मात्रै मतदान
कांग्रेस अधिवेशन : भोलि बिहान ७ बजे मात्रै मतदान काठमाडौं ।  नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व छान्नका लागि आज मतदान नहुने पक्का भएको छ। बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक सारेर दिउँसो साढे २ बजेसम्मलाई सारिएको थियो। त्यसपछि पनि मतदान हुन सकेन।  केन्द्रीय निर्वाचन समितिले पनि अर्को समय सार्वजनिक गरेन।
मन्त्रिपरिषद् बैठक : नर्वेजियन सरकारको १० करोड अनुदान स्विकार
मन्त्रिपरिषद् बैठक : नर्वेजियन सरकारको १० करोड अनुदान स्विकार काठमाडौं । सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । उनका अनुसार, आजको बैठकले मुख्य ५ वटा निर्णयहरू गरेको हो ।
नेपाली कांग्रेस रूपन्देही २ को सभापतिमा प्रजापाल गिरी विजयी
नेपाली कांग्रेस रूपन्देही २ को सभापतिमा प्रजापाल गिरी विजयी बुटवल ।  नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर २ को सभापतिमा प्रजापाल गिरी विजयी भएका छन् । गिरीले ४८५ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी प्रसन कोइरालाले ३२८ मत प्राप्त गरे ।
कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री निमा गिरि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत
कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री निमा गिरि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत दाङ - नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी सहमहामन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरि १५औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएकिछिन।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाइ बरिष्ठ नेताका रुपमा बुटवलमा स्वागत
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाइ बरिष्ठ नेताका रुपमा बुटवलमा स्वागत बुटवल आएकी भण्डारीलाई नेकपा एमाले रुपन्देहीले स्वागत गरेकाे छ ।  एमालेले भण्डारीलाई पार्टीको वरिष्ठ नेताका रूपमा मनोनयन गरेपछि उनी पहिलोपटक रुपन्देही आएकी हुन् । एमाले सचिव छविलाल विश्वकर्मा,  लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, जिल्ला अध्यक्ष यज्ञ गैरेले स्वागत गरे  । 
बाढीले क्षती पुगेका परिवारलाइ बुटवल उपमहानगरले ३ महिनासम्म मासिक १५ हजार रकम दिने
बाढीले क्षती पुगेका परिवारलाइ बुटवल उपमहानगरले ३ महिनासम्म मासिक १५ हजार रकम दिने बुटवल- बुटवल उपमहानगरपालिकाले तिनाउमा आएको बाढीले क्षतिग्रस्त घरपरिवारलाई ३ महिनासम्म मासिक घरभाडा दिने भएको छ।उपमहानगरको मंगलबार बसेको विपद् समितिको बैठकले बुटवल ११ टप मजुवामा पूर्ण क्षति भएका ३ घर र आधा क्षति भएका २ घर गरि ५ घरलाई तत्काल मासिक १५ हजारका दरले ३ महिना सम्मको लागि भाडा वापतको रकम...
बर्षाले प्रभावित जनजीवनलाई सामान्यकरण, सरकार सुधारमा जुटेकाे दावी
बर्षाले प्रभावित जनजीवनलाई सामान्यकरण, सरकार सुधारमा जुटेकाे दावी असोज ८ गतेदेखि वर्षासँगै आएको बाढी पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण देशभर २७ जनाले ज्यान गुमाउनुभएको छ भने ७ जना घाइते र ४ जना सम्पर्कविहीन हुनुहुन्छ। यस अवधिमा भएका ५१३ वटा मनसुनका घटनाबाट १,०६५ परिवार प्रभावित भएका छन्। यसैगरी, २२५ घरमा पूर्ण र १३७ घरमा आंशिक क्षति पुगेको छ...
रङ्गशिङ्ग खोलामा बनेको पक्की पुलकाे मुख्यमन्त्री आचार्यले गरे उद्घाटन
रङ्गशिङ्ग खोलामा बनेको पक्की पुलकाे मुख्यमन्त्री आचार्यले गरे उद्घाटन अर्घाखाँची - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीको शितगंगा नगरपालिका-११ र वडा नम्बर ९ जोड्ने रङ्गशिङ्ग खोलामा निर्माण भएको पक्की पुलको उद्घाटन गरेका छन । आइतबार आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले पुलको उद्घाटन गरेका हुन ।
Weather Update