बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सेरु भएको छ । संघको कार्यालयमा सोमबार विहानदेखि मतदान सुरु भएको हो ।
"नयाँ सोच, नयाँ विचार, समावेशी साझा नेतृत्व" भन्ने मूल नारा र २० बुँदे प्रतिबद्धता पत्रसहित नरिश्वर शर्मा पौडेलको नेतृत्वमा एउटा प्यानल मैदानमा छ भने "परिणाममुखी संयुक्त नेतृत्व, समृद्ध बुटवलको साझा प्रतिबद्धता" नारा र १० बुँदे प्रतिबद्धता पत्रसहित टंक प्रसाद गैरेको नेतृत्वमा अर्को प्यानल आमने-सामने भएको छ।
पौडेलको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा निर्मित कसजू, वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्मा, महासचिवमा बसन्त प्रसाद ढकाल, कोषाध्यक्षमा प्रतिक पोखरेल, सचिवमा दिपक प्रसाद चापागाईँ र सह-कोषाध्यक्षमा कमला पोखरेल पराजुली (मञ्जु) चुनावी प्रतिस्पर्धामा छन्।
त्यस्तै एसोसियट सदस्यमा भानुभक्त खत्री (भानु), उद्योग सदस्यमा सुनिता बन्जाडे, कृष्णप्रसाद माण्डे, ज्ञानबहादुर पुन, लेखनाथ भण्डारी, वाणिज्य सदस्यमा गणेश प्रसाद भट्टराई, उमेश अमात्य, जगन्नाथ न्यौपाने, रामबहादुर भण्डारी, महिला सदस्यमा रेनु श्रेष्ठ, मञ्जु पुरी गिरी र खुल्ला सदस्यमा विष्णु घिमिरे पन्त (कमला), दिपक घिमिरे, प्रदिप शाक्य, अलिम दिन, कृष्ण श्रेष्ठ (कलप्रसाद), शिवदेव अर्याल र विष्णु उपाध्याय उम्मेदवार रहेका छन्।
यसैगरी गैरेको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विमल राज भट्टराई, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्ति प्रसाद अधिकारी, महासचिवमा यमुना पौडेल, सचिवमा काशीराम शर्मा पौडेल, कोषाध्यक्षमा टिकाराम बञ्जाडे र सह-कोषाध्यक्षमा जाकिर हुसैन मैदानमा छन्।
सदस्य पदहरूमा बालकृष्ण पौडेल, दिपक बास्तोला, गोपाल ढकाल, प्रविण श्रेष्ठ, सुनिता अर्याल, मनिष कुमार श्रेष्ठ, मिलन कुमार भारी, राजेश भट्टराई, सुनिता गिरी, पुजा श्रेष्ठ, मनिष खनाल, गणेश प्रसाद सेढाई, लाल प्रसाद खनाल, जनक श्रेष्ठ, गोपाल अर्याल, मुक्ति प्रसाद श्रेष्ठ र ठाकुर घिमिरेले उम्मेदवारी दिएका छन्।

