Lumbini Rise
बुटवल उद्योग वाणिज्य संघको अधिवेशनका लागि पाैडेल र गैरे प्यानलकाे उम्मेदवारी दर्ता


बुटवल- बुटवल उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि उम्मेद्वारी दर्ता भएको छ । संघको ७३औं वार्षिक साधारण सभा तथा २६ औं अधिवेशन अन्तरगत आगामी ३ वर्षे कार्यकालको लागि उम्मेदवारी दर्ता भएको हो ।

संघको नयाँ कार्यसमिति चयनका लागि यहि असोज २६ गते निर्वाचन हुँदैछ । जसका लागि अध्यक्ष पदमा २ जनाको उम्मेदवारी परेको छ ।

संघको अध्यक्ष पदमा नरिश्वर शर्मा पौडेल र टंकप्रसाद गैरेको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता बाबुराम पाण्डेले जानकारी दिए । अध्यक्षमा उम्मेदवारी दिएका पौडेल संघका पूर्व वाणिज्य उपाध्यक्ष एवं मौजुदा समितिका कार्यसमिति सदस्य हुन् भने गैरे मौजुदा समितिका वरिष्ठ उपाध्यक्ष हुन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षका लागि पनि दुई जनाको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्ष पदमा बिमलराज भट्टराई र सुरज भट्टराईको उम्मेदवारी परेको छ ।

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका विमलराज मौजुदा समितिको वाणिज्य उपाध्यक्ष र सुरज मौजुदा समितिका उद्योग उपाध्यक्ष हुन् । त्यसैगरी उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ र निर्मित कसजुको उम्मेदवारी परेको छ । त्यसै वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्मा र मुक्तिप्रसाद अधिकारीको उम्मेदवारी परेको छ । महासचिव पदमा बसन्तप्रसाद ढकाल र जमुना पौडेलको उम्मेदवारी परेको छ । त्यस्तै कोषाध्यक्ष पदमा प्रतिक पोखरेल (शर्मा) र टिकाराम वञ्जाडेको उम्मेदवारी परेको छ ।

सचिव पदमा दिपकप्रसाद चापागाई र काशिराम शर्मा पौडेल तथा सहकोषाध्यक्ष पदमा जाकिर हुसेन र कमला पोख्रेल शर्मा पराजुलीको उम्मेदवारी परेको छ । संघको कार्यसमिति सदस्यमा एशोसियट तर्फबाट एक पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । एशोसियट कार्यसमिति सदस्य पदमा बालकृष्ण पौडेल र भाुनभक्त खत्री (भानु)को उम्मेदवारी परेको छ ।

४ उद्योग सदस्य पदमा ८ जनाको उम्मेद्वारी परेको छ । उद्योग सदस्य पदका लागि दिपक बास्तोला, गोपाल टण्डन, ज्ञानबहादुर पुन, ज्ञानप्रसाद खनाल, कृष्णप्रसाद पाण्डेय, प्रबिन्द्र गोविन्द श्रेष्ठ (पिजि), लेखनाथ भण्डारी, सुनिता शर्मा वञ्जाडेको उम्मेदवारी परेको छ । त्यस्तै ४ बाणिज्य सदस्य पदमा पनि ८ जनाको उम्मेदवारी परेको छ । वाणिज्य सदस्य पदमा गणेशप्रसाद भट्टराई, धर्मेन्द्रकुमार कशौधन, मनिषकुमार हेजू (पुट्टे), मिलनकुमार भारी, राजेश भट्टराई, रामबहादुर भण्डारी, सुनिता गिरी र उमेश अमात्यको उम्मेदवारी परेको छ ।

त्यसैगरी ७ खुल्ला कार्यसमिति सदस्य पदमा १४ जनाको उम्मेदवारी परेको छ । खुल्लाबाट कार्यसमिति सदस्य पदमा अलिम दिन, बिजयकुमार बर्णवाल, बिष्णु घिमिरे पन्थ (कमला), विष्णु उपाध्याय, दिपक घिमिरे, गणेशप्रसाद सेढाई, गोपालप्रसाद बस्याल, सुनिता अर्याल, जनककुमार श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ (कुलप्रसाद), प्रदिप शाक्य, शिवदेव अर्याल, सुशिलप्रसाद श्रेष्ठ र ठाकुर घिमिरेको उम्मेदवारी परेको छ । २ महिला सदस्य पदमा ४ जनाको उम्मेद्वारी परेको छ । महिला कार्यसमिति सदस्य पदमा मञ्जु पुरी गिरी, रेनु श्रेष्ठ, सुस्मा केसी र सुकमाया श्रेष्ठ ध्वजु (सिता)को उम्मेदवारी परेको हो ।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update