Lumbini Rise
अब नेपाली क्रि केट पनि खेलरोमा

काठमाडौं । नेपाली क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई थप अन्तरक्रियात्मक बनाउँदै निःशुल्क स्पोर्ट्स प्रेडिक्शन प्लेटफर्म खेलरोले आफ्नो प्लेटफर्ममा नेपाली क्रिकेटलाई पनि समावेश गरेको छ।

अब खेलरोका प्रयोगकर्ताले उपलब्ध नेपाली क्रिकेटका खेलहरूको नतिजाबारे आफ्नो अनुमान राख्न, सही अनुमानका आधारमा अंक कमाउन र लिडरबोर्डमा अन्य क्रिकेटप्रेमीसँग प्रतिस्पर्धा गर्न सक्नेछन् ।

नेपाली क्रिकेट पछिल्लो समय खेल हेर्ने विषयमा मात्र सीमित छैन । खेल सुरु हुनुअघि नै कुन टोली बलियो होला, कुन खेलाडीले राम्रो प्रदर्शन गर्ला र अन्तिम नतिजा कस्तो आउला भन्ने बहस तथा अनुमान पनि क्रिकेटप्रेमीबीच उत्तिकै लोकप्रिय छन् । खेलरोले यही क्रिकेट संस्कृतिलाई डिजिटल प्रतिस्पर्धासँग जोड्ने प्रयास गरेको जनाएको छ ।

खेल सुरु हुनुअघि नै सुरु हुने अर्को खेल

खेलरोमा प्रयोगकर्ताले उपलब्ध खेलमा आफ्नो अनुमान राख्न सक्छन् । सही अनुमान गरेबापत अंक प्राप्त हुन्छ र सोही अंकका आधारमा लिडरबोर्डमा आफ्नो स्थान सुधार गर्न सकिन्छ।

यसले क्रिकेट हेर्ने अनुभवलाई थप प्रतिस्पर्धात्मक बनाउने खेलरोका संस्थापक सुनील रिजालले जानकारी दिए ।
खेलाडीहरू मैदानमा आफ्नो प्रदर्शनका लागि प्रतिस्पर्धा गरिरहँदा प्रशंसकहरूले भने खेलरोमार्फत आफ्नो क्रिकेट ज्ञान र अनुमान क्षमताको परीक्षण गर्न सक्ने उनले बताए ।

कुन टोलीले जित्ला? खेलको परिणाम कस्तो होला? कुन टोली बलियो देखिन्छ? यस्ता प्रश्नको उत्तर खेल सुरु हुनुअघि नै अनुमान गरेर प्रयोगकर्ताले आफ्नो प्रदर्शनलाई लिडरबोर्डमार्फत अरूसँग तुलना गर्न सक्नेछन्।

 

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update