लायन्स बुटवल स्मार्टसिटीद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण
बुधबार, फागुन ६, २०८२
ग्रामीण क्षेत्रका आर्थिक रूपमा कमजोर तर, अध्ययनमा उत्कृष्ट विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिएको यस कार्यक्रमले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
कार्यक्रममा क्लबका अध्यक्ष हिमाल श्रेष्ठले शिक्षा नै सभ्य र समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गरे । उनले आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने भावनासहित सहयोग गरिएको बताए।
दाङमा लक्ष्यभन्दा बढीलाई एचपिभी खोप
बुधबार, फागुन ६, २०८२
उनका अनुसार जिल्लामा माघ २५ देखि २७ गतेसम्म पहिलो चरण र माघ २८ देखि फागुन १ गतेसम्म दोश्रो चरण गरि दुई चरणमा गरि सञ्चालन भएको एचभिपी खोप अभियानका क्रममा सात हजार आठ सय २९ जनालाई खोप लगाउने लक्ष्य भएकोमा लक्ष्यभन्दा बढी सात हजार आठ सय ३७ जना किशोरीले खोप लगाएका...
काँग्रेसको बिशेष महाधिवेशनमा नेताहरुसँग रैनादेवी छहराका स्वास्थ्य प्रमुख जीवन राना
मंगलबार, पुस २९, २०८२
बुटवल– पाल्पा रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन राना नेपाली काँग्रेसको बिशेष महाधिवेशनमा सहभागी भएको फोटो सार्वजनिक भएको छ । पाल्पाका काँग्रेसका युवा नेता किशोर पंगेनीले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लोकतान्त्रिक यात्राका क्रममा भृकुटी मण्डप काठमाडौं दोस्रो बिशेष महाधिवेशनको सन्दर्भ भनेर सार्वजनिक गरेको फोटोमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राना...
स्वास्थ्य सेवालाई गुणस्तरीय बन्नुपर्छ : मन्त्री सारु
बिहीबार, पुस १०, २०८२
बुटवल – लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवालाई गुणस्तरिय बनाउनुपर्नेमा जोड दिएका छन् । बुटवलमा गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको १३ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री सारुले स्वास्थ्य सेवामा पहुंच मात्र नभई गुणस्तरियता पनि हुनुपर्नेमा जोड दिए ।स्वास्थ्य सेवा गुणस्तरीय भएमा मात्र नागरिकको जीवन बाच्ने भन्दै गुणस्तरीय सेवा...
‘मेरुदण्ड, हाडजोर्नी तथा बाथ रोगको उपचारका लागि बुटवल वाहिर जानु पर्दैन’
मंगलबार, मंसिर १६, २०८२
केही बर्षअघिसम्म मेरुदण्डको अपरेशन, घुँडाको प्रत्यारोपण बुटवलमा असम्भव जस्तै मानिन्थ्यो । मेरुदण्ड, हाडजोर्नी, नशा च्यापिने तथा कम्मर दुख्ने समस्याको उपचारका लागि समेत काठमाडौं धाउनु पर्ने बाध्यता थियो । तर अहिले यो समस्या अन्त्य भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेरुदण्ड, हाडजोर्नी, नशा तथा बाथरोग विशेषज्ञ डा. युधिष्ठिर राज खड्कासँग...
लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणमा ३० प्रतिशत भौतिक प्रगति
आइतबार, कात्तिक ३०, २०८२
बुटवल - लुम्बिनी प्रदेश सरकारको गौरव आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणमा हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको छ । लुम्बिनी प्रदेश पूर्वाधारण प्राधिकरणका अनुसार निर्माण सुरु भएको १४ महिनामै यो सफलता प्राप्त भएको हो । निर्धारित समयभन्दा पहिलेनै योजना सम्पन्न गर्नेगरी तिब्र रुपमा काम अघि बढेको प्राधिकरणका प्रमुख कार्यकारी...
बुटवल हस्पिटलमा रक्तदान, सय युनिट बढी रगत संकलन
शुक्रबार, कात्तिक २८, २०८२
वार्षिक कार्ययोजनाअनुसार वर्षमा दुई पटक रक्तदान कार्यक्रम गर्दै आएको बुटवल हस्पिटलले हाल रगत अभाव अत्यधिक भएको जानकारी पाएपछि आकस्मिक रुपमा यो कार्यक्रम आयोजना गरेको हो।
रक्तदान कार्यक्रमको उद्घाटन गर्दै अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। एक पोका रगतले बिरामीको ज्यान...
भिम अस्पताल भैरहवाको मेसुमा डा. वर्षा थापा नियुक्त
बिहीबार, कात्तिक २७, २०८२
बुटवल - भिम अस्पताल भैरहवाकी नयाँ मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) रूपमा डा. वर्षा थापा नियुक्त भएकी छन्। लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ११ तहकी डा. थापालाई भिम अस्पतालको मेसु पदमा जिम्मेवारी दिएको हो।
भैरहवा मेडिकल कलेज : श्रम शाेषण भएकाे भन्दै ८ दिनदेखि धर्ना
सोमबार, कात्तिक १०, २०८२
बुटवल- भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (भैरहवा मेडिकल कलेज) मा कार्यरत नर्सिङ तथा प्यारामेडिक्सको माग सम्बोधनमा प्रशासन उदासीन भएको बताएका छन्।कात्तिक २ गतेदेखि मेडिकल कलेज अगाडि शान्तिपूर्ण रूपमा धर्ना दिएर माग राख्दा पनि मेडिकल कलेज प्रशासनले मागको सुनुवाइ गर्न गैरजिम्मेवार भएको आन्दोलित नर्स तथा प्यारामेडिक्सहरूले गुनासो गरेका छन्। उनीहरूले...
लुम्बिनी नेत्रालयको बिशिष्टिकृत सेवा बुटवलमा शुरु
सोमबार, असोज २७, २०८२
बुटवल– लामो सययदेखि रुपन्देहीको भैरहवाबाट सेवा दिइरहेको लुम्बिनी नेत्रालय प्रालिले बुटवलबाट बिशिष्टकृत सेवा सुरु गरेको छ । बुटवलको पुष्पलाल पार्कमा शाखा स्थापना गरी नेत्रालयले आखा सम्बन्धी सम्पूर्ण सेवा सोमबारदेखि सुरु गरेको हो । बुटवलमा पत्रकार सम्मेलन गर्दै नेत्रालयले आफुहरुले बिशिष्टकृत सेवा दिनका लागि सेवा बिस्तार गरेको प्रालिले जनाएको छ ।...
नसर्ने रोगको संक्रमण फैलनु चिन्ताको विषय : स्वास्थ्य मन्त्री सारु
शुक्रबार, भदौ २०, २०८२
लुम्बिनी प्रदेश सरकार प्रदेश निजामती सेवा दिवस मूल समारोह समिति–२०८२ ले प्रदेश निजामती सेवा दिवसको अवसरमा शुक्रबार राप्ती उपत्यका देउखुरी मा आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले क्यान्सर, मुटु तथा मृगौला रोगको संख्या अत्यधिक बढ्दै गएको उल्लेख गरे ।
बाँकेमा जापानिज इन्सेफलाइटिसबाट एकको मृत्यु
बिहीबार, भदौ १९, २०८२
हालसम्म जिल्लाका चारजनामा जापानिज इन्सेफलाइटिस भएको पुष्टि भएकोमा नरैनापुर ४ का आठ वर्षीया बालक हशमुद्दीन खानको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताए।
उनले अन्य तीनजना मध्ये डुडुवा २ का ६ वर्षिय बालक गणेश गोडिया र नरैनापुर ४ कै तीन महिनाका बालक मोहम्मद फैजान खानकोे उपचारपछि निको भएर...
गुणस्तरहीन औषधी बिक्रीबारे अनुसन्धान गर्दै औषधी व्यवस्था विभाग
सोमबार, भदौ १६, २०८२
औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले नेपालमा प्रतिबन्धित औषधी सफल स्वास्थ्य सेवाले बिक्री गरेको पाइएको जानकारी दिँदै थप अनुसन्धानका लागि सुपुष्प लामालाई संयोजक तोकेर छानविन गरिरहेको जानकारी दिए।
उनले समितिले गुणस्तरहीन औषधी बिक्री गर्ने कम्पनीका व्यक्तिहरुलाई बोलाएर सोधपुछ, अनुसन्धान तथा छानविन गर्ने काम भइरहेको बताए।

-1771398632.jpg)
