अब अस्पताल पनि शनिबार र आइतबार बन्द
बुटवल - सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै अब अस्पताल समेत हप्तामा दुई दिन बिदा हुने भएको छ।
त्रिवि शिक्षण अस्पताल प्रशासनले बुधबार विज्ञप्ति प्रकाशित गरी अस्पतालमा कार्यालय समय ९ देखि ५ बजेसम्म गरिएको तथा शनिबार र आइतबार बिदा गरिने जनाएको छ।
‘हालै नेपाल सरकारबाट प्रकाशित सूचना तथा त्रिवि कार्यकारी परिषदको चैत २३ गतेको निर्णय अनुसार यस अस्पतालमा हाललाई कार्यालय समय ९ देखी ५ बजे सम्म गरिएको तथा शनिबार र आइतबार बिदा गरिने निर्णय गरिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘यसबाट अस्पतालमा उपचार गराउन आउनुहुने बिरामीहरूमा पर्न जाने असुविधाहरू लाई मध्यनजर गर्दै ओपीडी र शल्यक्रियाहरू शुक्रबार पूरा दिन र अन्य दिनमा व्यवस्थापन गरिनेछ।’

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२ १८:५४
प्रतिक्रिया दिनुहोस्


