ज्ञानपुञ्जमा ‘बा मलाई केही भन्नु छ’ कविता प्रतियोगिता, उत्कृष्ट तीन विद्यार्थी पुरस्कृत
शुक्रबार, भदौ २६, २०८३
बुटवल — ज्ञानपुञ्ज इङ्ग्लिस बोर्डिङ स्कुल बुटवलले कुशे औँसी अर्थात बुबाको मुख हेर्ने दिनका अवसरमा ‘बा मलाई केही भन्नु छ’ शिर्षकमा शुक्रबार कविता प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न चरण पार गर्दै निर्णायक चरणमा प्रवेश गरेका १० जना प्रतिस्पर्धीबाट उत्कृष्ट तीन जनालाई पुरस्कृत गरिएको छ ।
दीप बोर्डिङ परिवारबाट छ लाख एक हजार प्रधानमन्त्री राहत कोषमा सहयोग
शनिबार, भदौ २०, २०८३
बुटवल - बुटवल सुख्खानगरमा रहेको दीप बोर्डिङ हाइ स्कुल परिवारले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा छ लाख एक हजार रुपैयाँ सहयोग गरेको छ । भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूलाई केही भए तापनि राहत मिलोस् भनेर दीप बोर्डिङ हाई स्कुल परिवारले उक्त राहत रकम सहयोग गरेको हो ।
ज्ञानपुञ्ज इगंलिश बोर्डिङ स्कूलद्धारा १ लाख १४ हजार १९० रुपैयाँ सहयोग
शुक्रबार, भदौ १९, २०८३
बुटवल - भदौ १० गते रसुवामा आएको बाढीबाट प्रभावितहरुको सहयोगका लागि बुटवल ११ स्थित ज्ञानपुञ्ज इगंलिश बोर्डिङ स्कूलले १ लाख १४ हजार १९० रुपैयाँ सहयोग गरेको छ ।रसुवामा आएको विनाशकारी बाढीले पुर्याएको क्षतीमा विद्यलय, बिद्यार्थी,शिक्षक तथा कर्मचारीहरूले आफ्नो गक्षअनुसार संकलन गरी प्याब्सनको राहत कोषमार्फत सहयोग गरिएको विद्यालयले जनाएको छ ।
भोटेकोशी बाढीपीडितलाई न्यू होराइजनद्वारा ९ लाख १८ हजार सहयोग
मंगलबार, भदौ १६, २०८३
बुटवल - भोटेकोशीमा भाद्र १० गते गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि न्यू होराइजन इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कूल, बुटवल परिवारले ९ लाख १८ हजार ६६० आर्थिक सहयोग गरेको छ ।कुल सहयोग रकममध्ये विद्यालयको तर्फबाट ५ लाख ५५ हजार ५सय ५५ रुपैयां, विद्यालयमा कार्यरत शिक्षक तथा...
गरिमा चौधरीको हत्याको बिरोधमा इन्टलेक्च्युअल बाल क्लबद्धारा प्रर्दशन
आइतबार, भदौ ७, २०८३
बालबालिकाको सुरक्षा र हत्यारालाई हदैसम्मको कार्बाहिको माग सहित गरिएको र्यालीमा विद्यार्थीहरुले "गरिमा चौधरीलाई न्याय देऊ, बालबालिकाको सुरक्षा गर, "बालिका बचाऔँ, भविष्य बचाऔँ", "बालिकामाथि हिंसा बन्द गर", "दोषीलाई उन्मुक्ति होइन, कानुनी कारबाही चाहिन्छ", "बालअधिकारको सम्मान गर, हिंसामुक्त समाज निर्माण गर" , "छोरीलाई माया होइन , सुरक्षा देऊ" जस्ता प्लेकार्ड बाेकर प्रर्दशन...
कालिकामा नवआगन्तुक विद्यार्थीलाइ स्वागत तथा सम्मान
शुक्रबार, भदौ ५, २०८३
बुटवल,५ भदौ । नेपालकै अग्रणी शैक्षिक संस्था कालिका मानवज्ञान मावि बुटवलमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीहरूलाई कक्षा १२ का विधार्थिहरुद्धारा स्वागत तथा सम्मान गरेका छन । बिद्यालयमा शुक्रबार बिशेष कार्यक्रमको आयोजनाना गरी स्वागत तथा सम्मान गरिएको हो।
दीप एकेडेमीमा कोडिङ तथा इनोभेसन ल्याब सञ्चालन
सोमबार, भदौ १, २०८३
बुटवल–१२, नयाँगाउँस्थित दीप एकेडेमीमा कोडिङ तथा इनोभेसन ल्याब सञ्चालनमा ल्याइएको छ।
विद्यार्थीलाई प्रविधिमैत्री, सिर्जनशील र नवप्रवर्तनमुखी बनाउने उद्देश्यले ल्याव निर्माण गरिएको हो । एक समारोहबीच बुटवल उपमहानगरपालिका–१२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्यले ल्याबको उद्घाटन गर्नुभयो। उहाँले पछिल्लो समय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई प्रविधि, सीप र सिर्जनशीलतासँग जोडिनुपर्ने बताउनुभयो।
कालिकामा मानवज्ञानका प्रधानाध्यापक ज्ञवालिको पदस्थापना
शनिबार, साउन ३०, २०८३
पदभार कार्यक्रममा बोल्दै विद्यालयका पूर्व प्रधानाध्यापक तथा बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले प्रधानाध्यापक एउटा विद्यालयको प्रशासन चलाउने पद मात्र नभएर समुदाय, विद्यालय, विद्यार्थी र सरकारलाई जोडेर देशमा गुणस्तरीय शिक्षाको लागि निरन्तर लड्नुपर्ने सिपाही भएकोले प्रधानाध्यापकलाई कहिल्यै थाक्ने र भाग्ने छुट नहुने बताए ।
प्रथम ज्ञानपुञ्ज अन्तरविद्यालय सेभेनएसाईड फुटबल प्रतियोगिता हुने
शुक्रबार, साउन २९, २०८३
बुटवल - यहि भदौ १ गते (सोमबार) देखि बुटवलमा प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । बुटवल ११ स्थित ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कूलको आयोजनामा रुपन्देहीका ४३ विद्यालयहरुको सहभागितामा सभेन ए साईड प्रतियोगिता हुन लागेको हो । विद्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै विद्यालय तहबाटै...
इन्टलेक्चुअल एकेडेमीमा करियर काउन्सिलिङ
बुधबार, साउन २७, २०८३
बुटवल- अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा बुटवल–११, कालिकानगरस्थित इन्टलेक्चुअल एकेडेमीले विद्यार्थीहरूलाई लक्षित गरी ‘करियर काउन्सिलिङ तथा मार्गदर्शन कार्यक्रम’ आयोजना गरेको छ ।कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं त्रिभुवन विश्वविद्यालय, ‘एजुकेसन प्लानिङ एन्ड म्यानेजमेन्ट’का प्राध्यापक तथा बुटवल बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रोफेसर आनन्दमान सिंह शाक्यले किताबी ज्ञानमा मात्र सीमित...
ज्ञानपुञ्जमा डा. नन्दु पाठकसँग विद्यार्थी अन्तरसंवाद
सोमबार, साउन २५, २०८३
बुटवल- ज्ञानपुञ्ज इङ्गलिस बोर्डिङ्ग स्कूल बुटवल ११ नहरपुरका विद्यार्थीसँग वरिष्ठ फिजिसियन डा. नन्दु पाठकले अन्तरसंवाद गरेका छन् । सोमबार बुटवल–११ नहरपुरस्थित विद्यालयमा साउन महिनाको 'गेष्ट अफ द मन्थ’ कार्यक्रम अन्तर्गत अन्तरसंवाद गरिएको हो । कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीले डा. पाठकसँग उनको चिकित्सकीय यात्रादेखि सफलतासम्मका विषयमा विभिन्न जिज्ञासा...
ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कुलमा ‘असल अभिभावकत्व’ कार्यशाला सम्पन्न
आइतबार, साउन २४, २०८३
बुटवल - ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कुल, बुटवल–११, नहरपुरमा अभिभावकलाई लक्षित गरी सञ्चालन गरिएको ‘असल अभिभावकत्व कार्यशाला’ आईतबार सम्पन्न भएको छ । साउन १८ गतेदेखि २४ गतेसम्म सञ्चालन गरिएको उक्त कार्यशालामा पीजीदेखि कक्षा १० सम्मका विद्यार्थीका अभिभावकहरूको उपस्थितीमा गरिएको हो ।
ज्ञानपुञ्जमा 'असल अभिभावकत्व’ कार्यशालाको शुभारम्भ
मंगलबार, साउन १९, २०८३
साेमबारदेखि सुरू भएकाे कार्यक्रममा आधुनिक अभिभावकत्व, बालमनोविज्ञान, सकारात्मक अनुशासन, प्रभावकारी संवाद, डिजिटल युगमा बालबालिकाको मार्गदर्शन तथा परिवारभित्र सिर्जना गरिने सिकाइ वातावरणका विषयमा व्यवहारिक र अनुसन्धानमा आधारित प्रशिक्षण प्रदान दिईएकाे छ ।


