Lumbini Rise
शैक्षिक र साहित्यिक पत्रिका लेखन सम्बन्धी अभिमुखीकरण  

बुटवल - ज्ञानपुञ्ज इंगलिश बोर्डिङ् स्कुल बुटवल ११ नहरपुरले शैक्षिक र साहित्यिक पत्रिका प्रकाशित गर्न सोमबार अभिमुखीकरण कार्यक्रम गरेको छ ।

विद्यालय तहबाटै पठन संस्कृतीलाई जर्गेना गर्ने तथा शिक्षक विद्यार्थीलाई समेत लेखनतर्फ अग्रसर गराउन द्धिमासिक म्यागेजिन पत्रिका निकाल्ने भएपछि अभिमुखकीरकण गरिएको हो ।

अध्येता तथा लेखक रामचन्द्र श्रेष्ठले पत्रिकाका लागि आवश्यक सामाग्री लेखन तथा छनौटका बिषयमा सहजीकरण गरेका थिए ।

पत्रिका प्रकाशनले शिक्षक विद्यार्थीको लेखन प्रतिभा प्रस्फुटन गर्ने तथा विद्यालयलाई समुदायसँग जोड्न लुमिना नामक पत्रिका प्रकाशन गर्ने तयारीमा जुटेको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए ।

उनका अनुसार पत्रिकामा अंग्रेजी भाषाका ८० र  नेपाली भाषाका २० प्रतिशत बिषयबस्तुहरु समावेश गरिनेछ । पत्रिका प्रकाशनका लागि लेखन सिप सम्बन्धी अभिमुखीकरण गरेको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update