बुटवल- बुटवल ११ नहरपुर स्थित ज्ञानपुञ्ज इङ्ग्लिस स्कुलले शुक्रबार तिनाऊ नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई सहयोग गरेको छ।
बुटवल ११ स्थित टपमझुवाका बाढी प्रभावित प्रभावितहरूको बासस्थानमै पुगेर बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद भट्टराईले प्रति परिवार पाँच हजार प्रदान गरेका हुन् ।
सहयोग प्राप्त गरेका प्रभावितहरूको प्रतिनिधित्व गर्दै नरेन्द्र दर्जीले बिद्यालयले गरेको यो सहयोगले समाजमा अझै मानवता मरिनसकेको उदाहरण प्रस्तुत भएको बताए। उनले ज्ञानपुञ्ज एउटा नीजि बिद्यालय भएर पनि आफूहरुको दुःखमा साथ दिन आएकोमा खुशी व्यक्त गरे । बिद्यालयका अध्यक्ष भट्टराईले ज्ञानपुञ्ज स्थानीय समुदायको सुखदुखमा सँधै सँगै रहने बताए।
-1791557132.jpeg)
बिद्यालयका प्राचार्य शंकर भण्डारीले प्रभावितहरू प्रति गहिरो साहनुभूती प्रकट गर्दै ज्ञानपुञ्ज बिद्यार्थी पढाउने मात्र नभई समाजलाई सही दिशानिर्देश गर्ने कार्यमा पनि क्रियाशील रहेको बताए । उनले बिद्यालयले सस्तो प्रचारबाजी र झुटो तथा अस्वस्थ प्रतिस्पर्धामा कहिले विश्वास नगरि साँचो अर्थमा समाजको निम्ति काम गरिरहेको बताए ।
यस्तै स्थानीय युवा समाजसेवी प्रकाश परियारले ज्ञानपुञ्ज नमूना बिद्यालय भएको चर्चा गर्दै पछिल्लो समय बिद्यालयले गरिरहेका कार्यक्रमहरू फरक र प्रेरणादायी रहेको बताए। प्रभावित चार परिवारका सदस्यहरू सँगै स्थानीय समुदाय, बिद्यालयका सहप्राचार्य भीम बस्नेत तथा शिक्षकहरूको उउपस्थिती रहेको थियो ।


