कस्तो महानगरपालिका बनाउने भन्ने बिषयमा छलफल गराैं : मेयर पाण्डेय
शुक्रबार, असार २६, २०८३
बुटवल - बुटवल उपमहानगरपालिकालाई महानगरपालिकाकाे रूपमा विकास गर्ने बिषयमा सम्बन्धित पालिकाहरूले छलफल चलाउन अब ढिलाइ गर्न नहुने सराेकारवालाहरूले जाेड दिएका छन् । शुक्रबार बुटवल उपमहानगरपालिकाद्वारा आयोजित छिमेकी स्थानीय तहहरूबीच साझा विषयहरूका सम्बन्धमा समन्वयात्मक कार्यक्रममा बाेल्ने पालिका प्रमुख तथा अध्यक्षहरूले उक्त कुरामा जाेड दिएका हुन् ।
सकियो दुई दिने दलित ज्ञान उत्सव
सोमबार, असार २२, २०८३
बुटवल-दलित समुदायको अधिकार, समावेशिता, सामाजिक न्याय कला र विभेदविरुद्ध चित्रकला गर्दै ‘तिलोत्तमा दलित ज्ञान उत्सव सकिएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको दुइे दिने उत्सवको सोमबार समापन गरिएको हो ।
तिलाेत्तमा दलित ज्ञान उत्सव सुरु
आइतबार, असार २१, २०८३
रूपन्देहीको तिलोत्तमामा आईतबारदेखि तेस्रो संस्करणको तिलाेत्तमा दलित ज्ञान उत्सव सुरु भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजनमा सुरु भएको उत्सवको पूर्वमन्त्री छविलाल विश्वकर्माले उद्घाटन गरेका हुन।
उद्घाटन समारोहमा बोल्दै पूर्वमन्न्त्री विश्वकर्माले दलित समुदायको सवालमा स्थानीय तहले बहसको थालनी गरेर तिलोत्तमाले उदाहरणीय कार्य गरेको बताए ।
दलित पार्श्व चित्र : तिलोत्तमा नगरपालिकाको एक उदाहरणीय काम
बिहीबार, असार ११, २०८३
तिलोत्तमा नगरपालिका, स्थापनाको छोटो अवधिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो छुट्टै पहिचान निर्माण गर्न सफल भएको छ । कारण यस पालिकाले गर्ने विभिन्न नागरिक केन्द्रित कार्य नै हुन् । तिलोत्तमा नगरपालिकाले आ-आफ्नो नीति तथा कार्यक्रम मार्फत दलित समुदायको लाई पनि प्राथमिकतामा राखेर अघि बढेको देखिन्छ । नीति र कार्यक्रमा मार्फत...
तिलोत्तमाले ल्यायो नीति तथा कार्यक्रम
बिहीबार, असार ४, २०८३
बुटवल - तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम नगर सभामा पेस गरेको छ । नगर प्रमुख रामकृष्ण खाँणले नगर सभाको २१औं अधिवेशनको पहिलो बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्य ,कृषि तथा पशुपालन, पूर्वाधार विकास, सुशासन र डिजिटल सेवा,...
बुटवल उपमहानगरले ल्यायाे ०८३ /०८४ को नीति तथा कार्यक्रम
शुक्रबार, जेठ २९, २०८३
बुटवल - बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३ /०८४ को नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ । शिक्षा, स्वास्थ्य, सीप र रोजगारलाई केन्द्रमा राख्दै नगर प्रमुख खेलराज पाण्डेयले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
तिलोत्तमा नगरपालिकाद्धारा सुलभ फार्मेसी सञ्चालन
बिहीबार, वैशाख १७, २०८३
तिलाेत्तमा- रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सुलभ फार्मेसी (औषधी पसल) सञ्चालनमा ल्याएको छ । नगरबासीलाई सस्तो मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यसहित तिलोत्तमा – ५ मणिग्राममा स्थापना गरिएको उक्त फार्मेसी बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
बुटवलको ६७ औं स्थापना दिवस: समृद्धिको यात्रामा अघि बढ्दै
आइतबार, फागुन ३, २०८२
बुटवल- बुटवल उपमहानगरपालिकाले ६७ औं स्थापना दिवस आइतबार एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उपमहानगरपालिकाले गरेका तीन वर्षका कार्य प्रगतिबारे सविस्तार चर्चा गर्दै यसका लागि बुटवलबासी जनताले गरेको माया, सहयोग र सद्भावप्रति आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।
६७ औँ स्थापना दिवसको बुटवल नगर प्रमुख खेलराज पाण्डेयद्धारा शुभकामना
आइतबार, फागुन ३, २०८२
बुटवल - बुटवल उपमहानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा नगर प्रमुख खेलराज पाण्डेयले शुभकामना व्यक्त गर्दै समृद्ध, व्यवस्थित र नागरिकमैत्री शहर निर्माणका लागि सबैको सहकार्य आवश्यक रहेको बताएका छन् ।नगर प्रमुख पाण्डेयले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उपमहानगरपालिकाले सुशासनको अनुभूति दिलाउने, व्यवसायिक क्षेत्रमा आशालाग्दो वातावरण सिर्जना गर्ने तथा शिक्षा,...
बुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस मनाउने
शनिबार, फागुन २, २०८२
बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस भोली आइतबार एक औपचारिक कार्यक्रमका बीच मनाउँदै छ । हरेक वर्ष भव्य समारोहबीच दिवस मनाउँदै आएको उपमहानगरले यस वर्ष भने यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको आचारसंहित लागू भएकाले सामान्य रुपमा मनाउने भएको हो ।
देवदह नगरपालिका सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा
शुक्रबार, पुस २५, २०८२
रूपन्देही- मानवसेवा आश्रमको सहकार्यमा बिहीबार रूपन्देहीस्थित देवदह नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा गरिएको छ। यस घोषणासँगै अब नगरभित्र सडकमा बेवारिसे भएर बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ भने सडकआश्रित तथा असहाय व्यक्तिहरूको उद्धार, संरक्षण, उपचार र दीर्घकालीन व्यवस्थापनलाई संस्थागत रूपमा अगाडि बढाइने भएको हाे।
बुटवलमा पहिलाेपटक छात्रबृत्तिका लागि परीक्षा : ३४४ विद्यार्थीले निशुल्क छात्रवृत्ति पाउने
आइतबार, कात्तिक ३०, २०८२
बुटवल- बुटवल उपमहानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयहरूमा अध्ययनरत ३४४ जना विद्यार्थीहरूले निशुल्क छात्रवृत्ति पाउने भएका छन् । गरिब तथा जेहेन्दार विद्यार्थी छनाेटका लागि बुटवल उपमहानगरपालिकाले आइतबार सम्बन्धित विद्यालयमै परीक्षा लिएको छ ।
बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाईमा नागरिकका थरि-थरिका गुनासाे
आइतबार, कात्तिक ३०, २०८२
बुटवल - बुटवल उपमहानगरपालिकासहित मातहतका कार्यालयबाट भए गरेका सेवा प्रवाहबारेको सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार बुटवलको नयाँगाउँमासम्पन्न भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजना र बुद्व सामुदायिक टेलिभिजन बुटवलको सहजिकरणमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी सेवाग्राहीहरूले केही युवाहरूले रातिको समयमा चर्को आवाजमामोटरसाईकल कुदाउदा निदाउन नपाएकोदेखि सडकबत्तिको महशुलको भार उपभोक्तालाईपारेको गुनासोसम्म गरेका थिए...


-1784986351.jpg)