दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस
शुक्रबार, मंसिर १९, २०८२
बुटवल- बुटवलमा सम्पन्न दोस्रो क्यानन सेभेन ए साईड फुटबल प्रतियोगिता २०८२ को उपाधी होराईजन जिविएसले हात पारेको छ। क्यानन मावि बुटवल सुख्खानगरको आयोजनामा शुक्रबार भएको फाईनल खेलमा होराईजन जिबिएसले उपाधी चुमेको हो ।जिबिएसले गत वर्षको विजेता स्कलर्स होम बोर्डिङ स्कुललाई सडेन डेथमा पराजित गरेको हो । उपाधिसँगै होराईजन जिबिएसले नगद ५५ हजार ५५५ रुपैयाँ, शिल्ड, प्रमाणपत्रबाट पुरस्कृत भयो भने उपविजेता स्कलर्स होम स्कूले ३३ हजार ३३३ रुपैयाँ, कप, मेडल प्रमाणपत्रमा चित्त बुझायो ।
दाेस्राे क्यानन सेभेन ए-साईड फुटबल : स्कलर्स बाेर्डिङ र हाेराईजन जिबिएस फाईनल प्रवेश
बिहीबार, मंसिर १८, २०८२
क्यानन माध्यमिक विद्यालय बुटवल सुख्खानगरको आयोजनामा विहिबार भएको पहिलो सेमीफाईनल खेलमा होराइजन जिबिएसले सेन्ट जोसेफ बोर्डिङ स्कुललाई ट्राईबेकरमा ३–२ गोल तथा दोस्रो सेमीफाईनलमा स्कलर्स होम बोर्डिङ स्कुलले क्यानन सेकेण्डरी स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।
दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगितामा होराईजन, एभेरेष्ट सहित ६ विद्यालय विजयी
मंगलबार, मंसिर १६, २०८२
बुटवल- बुटवलमा जारी दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो दिन मंगलबार ६ वटा खेलहरु भएका छन् । बुटवल–८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा प्रतियोगिता भइरहेको हो ।मंगलबारबो पहिलो पहिलो खेलमा क्यानन मावि र इलिट इंगलिश बोर्डिङ स्कू्लको खेल बराबरी भएपछि ट्राईबेकर मार्फत इलिट बोर्डिङ विजयी भएको छ...
दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता : ६ विद्यालय अघिल्लो चरण प्रवेश
सोमबार, मंसिर १५, २०८२
बुटवल- बुटवल–८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा जारी दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन सोमबार पनि ६ वटा खेलहरु भएका छन् । सोमबारको पहिलो खेलमा सैनामैना माविले नयाँगाउँ माविलाई २–० ले हराउँदै विजयी भएको छ ।सैनामैनाका मिलन केसी र सुबास नेपालीले १-१ गोल गरेका थिए । यसैगरी...
दोस्रो क्यानन सेभेन ए-साईड फुटबल प्रतियोगिता सुरु, ६ विद्यालयको विजयी सुरुवात
आइतबार, मंसिर १४, २०८२
बुटवल- बुटवल–८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता आईतबारदेखि सुरु भएको छ । प्रतियोगिताको एक समारोहका विच रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुनले उद्घाटन गरे । उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष पुनले विद्यालयहरुले खेलकुदलाई अनिवार्य पाठ्यक्रममा राखेर अगाडि बढाउनुपर्नेमा जोड दिए ।यस्तै उद्घाटनका अवसरमा क्यानन...
मंसिर १४ गतेदेखि दाेस्राे क्यानन 'सेभेन-ए साइड' फुटबल प्रतियाेगिता
शुक्रबार, मंसिर १२, २०८२
बुटवल - बुटवल-८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । फुटबल खेललाई ब्राण्डको रुपमा स्थापित गरी खेलाडी उत्पादन गर्ने उद्देश्यसहित यहीँ मंसिर १४ गते आइतबारदेखि प्रतियोगिता गर्न लागिएको हो ।शुक्रबार विद्यालयले पत्रकार सम्मेलन गरि 'सँगै हामी सक्छाै' भन्ने नारा सहित...
आगामि मंसिर १४ देखि क्यानन दोस्रो सेभेन ए-साईड फुटबल प्रतियोगिता हुने
बिहीबार, कात्तिक १३, २०८२
बुटवल– मंसिर १४ देखि १९ गतेसम्म क्यानन दोस्रो एसाईड फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । बुटवल ८ सुख्खानगर स्थित क्यानन माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता हुने भएको हो । खेलकुदलाई विद्यालयसँग जोड्दै खेलाडी उत्पादन गर्ने उदेश्यले गत वर्षदेखि प्रतियोगिता गर्न थालिएको प्राचार्य शंकर भण्डारीले बताए । उनका अनुसार प्रतियोगिताको आन्तरीक...
आईसीसी टी–२० विश्वकपमा नेपाल सुपर सिक्समा प्रवेश
शुक्रबार, असोज २४, २०८२
काठमाडौँ- नेपाल आईसीसी टी–२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा प्रवेश गरेको छ। नेपाल समूह विजेता बन्दै टी–२० विश्वकप छनोटको सुपर सिक्समा प्रवेश गरेको हो। ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ शुक्रबार सम्पन्न समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले जापानलाई पाँच विकेटले पराजित गर्यो। लागातार दोस्रो...
आरएस रिसोर्ट महिला लिगमा छनोट
बिहीबार, भदौ १९, २०८२
आरएस रिसोर्टको जितमा सरिता विकेले दुई गोल गरीन । विपना परियार र सलिना सरुले एक एक गोल गरे । स्टुडेन्सकी बसन्ती खुलालले सान्त्वना गोल फर्काइन।
जितसँगै समूह ‘ए’ को शीर्षस्थानमा रहेको आरएस रिसोर्टले ६ खेलबाट १५ अङ्क बनाएको छ । छनोट खेलमा १४ टोलीको सहभागिता रहेको छ ।
साफ यू-१७ महिला च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दै
आइतबार, भदौ १५, २०८२
आजै दिउसो २: ४५ मा भारत र बंगलादेश पनि खेल्दैछन् ।साफ यू(१७ महिला च्याम्पियनसिपको उपाधि भारतले जितिसकेको छ । भारत ५ खेलमा अपराजित रहदै च्याम्पियन बनेको हो ।
नेपालले यसअघि खेलेको पहिलो खेलमा भारतसँग ७(० को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग २-१ को जित हासिल गरेको थियो ।...
साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा नेपाल विजयी
शनिबार, भदौ १४, २०८२
नेपाल यसअघि नेपालले साउथ अस्ट्रेलियासँगको दुई वटा टी–२० अभ्यास खेलमा हार खेपेको थियो । नेपाल पहिलो खेलमा तीन विकेट र दोस्रो खेलमा तीन रनले पराजित भएको थियो । त्यसअघि नेपालले स्थानीय क्यापिटल टेरिटोरी ९एसिटी० विरुद्ध दुईै वटा टी–२० अभ्यास खेलमा दुवै जित हात पारेको थियो ।
नेपालले आज साउथ अस्ट्रेलियासँग एकदिवसीय खेल खेल्दै
शनिबार, भदौ १४, २०८२
नेपाली टिमले साउथ अस्ट्रेलियासँग यसअघि खेलेका दुवै टी२० खेलमा हार बेहोरेको थियो । नेपालले यसअघि क्रिकेट एसिटीसँग खेलेका दुवै खेल जितेको थियो ।
नेपाल अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटले पराजित
बिहीबार, भदौ १२, २०८२
साउथ अस्ट्रेलियाका लागि विन्टरले सर्वाधिक ३६ रन बनाए । यस्तै होगन बोइजिमले २८, कप्तान हार्वेले २७, ड्रियुले २४ र मनेन्टीले २२ रन बनाए। बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिए।
नन्दन यादवले दुई तथा कप्तान रोहित पौडेलले एक विकेट लिए।यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २०...


