टप इण्ड टी-२० सिरिजमा आज मेलबर्न रेनेगेड्ससँग प्रतिस्पर्धा गर्दै नेपाल
बुधबार, भदौ ४, २०८२
लगातार तीन खेल हारेको नेपालले हिजो चौथो खेलमा होबर्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराउँदै पहिलो जीत निकालेको छ । टप इन्ड टी२० शृङ्खलामा नेपाल यसअघिका तीनवटै खेलमा पराजित भएको थियो ।
नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।प्रतियोगितामा ११ वटा टोली छन् ।
टप इन्ड टि-२० सिरिजमा नेपालको पहिलो जित, नन्दनले लिए ५ विकेट
मंगलबार, भदौ ३, २०८२
अष्ट्रेलियामा जारी टप इन्ड टि २० सिरिजमा नेपालले जितको खाता खोलेको छ । नन्दन यादवको घातक बलिङको मद्दतले नेपालले पहिलो जित हात पारेको हो ।
मंगलबार भएको खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गरेको छ।१ सय ८१ रनको लक्ष्य पछ्याएको हरिकेन्सले १६।१ ओभरमा सबै विकेटको क्षतिमा ११४ रन मात्र...
पाल्पा भलिबल संघले जित्यो दोस्रो रणउजिरेश्वरी भगवती कप प्रतियोगिताको उपाधि
मंगलबार, भदौ ३, २०८२
पाल्पा - श्रीनगर भलिबल क्लबको आयोजनामा सम्पन्न दोस्रो रणउजिरेश्वरी भगवती कप प्रतियोगिताको उपाधि पाल्पा जिल्ला भलिबल संघले चुमेको छ । गत साउन २८ गतेदेखि सुरु प्रतियोगिताको सोमबार तानसेन टुँडिखेलमा सम्पन्न फाइनल प्रतियोगितामा फरइभर जापान जोकियो भलिबल क्लबलाई ३–२ सेटले पराजित गरेको हो ।
मेलवर्न स्टार्सले नेपाललाई दियो १७६ रनको लक्ष्य
सोमबार, भदौ २, २०८२
मेलवर्नका लागि ब्लाक म्याकडोनाल्डले ७४ र थोमस रोजर्सले ६५ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र शहाब आलमले एक एक विकेट लिएका थिए ।
प्रथम युथ च्याम्पियनसिपमा रुपन्देहीका खेलाडीले प्रथम र तृतीय सहित ५ पदक जित्न सफल
सोमबार, साउन २६, २०८२
बुटवल – १० औं राष्ट्रिय रेफ्री,कोच सेमिनार तथा प्रथम युथ च्याम्पियनसिपमा नेपाल गोजु–रियो कराँते डो संघ, रूपन्देही ब्लड हाइलाइट शाखाका ४ जना खेलाडीले प्रथम र तृतीय गरि ५ वटा पदक जित्न सफल भएका छन् । नेपाल कराँते महासंघद्वारा यहि साउन २२ गते काठमाडौं सातदोबाटो,ललितपुरमा आयोजित प्रतियोगितामा विभिन्न पदक जित्न सफल...
दोस्रो संस्करणको एनपिएल अक्सनका लागि आदिलसहित ८ क्रिकेट ‘ए’ श्रेणीमा
बुधबार, साउन २१, २०८२
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० को खेलाडी छनोटका लागि हुने अक्सनमा सुचीको ‘ए’ श्रेणीमा अलराउण्डर मोहम्मद आदिल आलम सहितका ८ क्रिकेटरले स्थान बनाएका छन् ।
आलम केही वर्ष अघि भएको नेपाल टि ट्वान्टी लिगका क्रम फिक्सीङ गरेको आरोपमा प्रतिबन्धमा परेका थिए । प्रमाण नपुगेको भन्दै केही समयपछि आदिललाई अदालतले...
विश्व टिम टेबलटेनिस प्रतियोगिता काठमाडौंमा सुरु
बुधबार, साउन १४, २०८२
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली छनोट प्रतियोगिता बुधबारदेखि काठमाडौंमा सुरु भएको छ ।
नेपाल महिला यु–२० एसियन कप तयारीमा व्यस्त
सोमबार, साउन १२, २०८२
छनोटको लक्ष्यका साथ तयारी गर्दै आएको नेपालले आइतबार मात्र प्रतियोगिता खेल्ने २३ सदस्यीय अन्तिम खेलाडी टोलीको घोषणा गरेको छ ।
प्रशिक्षक यामप्रसाद गुरुङले हालै बङ्गलादेशमा सम्पन्न साफ महिला यु–२० च्याम्पियनसिपमा सहभागी खेलाडीलाई टोलीमा समावेश गर्नुभएको छ ।
इङल्याण्डले जित्यो महिला युरो कपको उपाधि
सोमबार, साउन १२, २०८२
यस अघि निर्धारित ९० मिनेटको खेलमा दुवैले १-१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
योसंगै इङल्याण्डले लगातार दोस्रो पटक युरो कपको उपाधि जितेको छ ।
एपिएफमाथि फ्रेन्ड्सको सहज जित
आइतबार, साउन ११, २०८२
एन्फा मैदान सातदोवाटोमा आइतबार भएको खेलमा फ्रेन्ड्सले एपिएफलाई ३–१ गोलले हरायो । फ्रेन्ड्सको जितमा मन्दीप ढुङ्गेलले दुई र प्रभात बिसीले गोल गरे ।
उद्योग परिसंघ युवा उद्यमी मञ्चको आयोजनामा मैत्रीपूर्ण फुटसल
शनिबार, साउन १०, २०८२
बुटवल – नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीको आयोजनामा शनिबार बुटवलमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । आपसी सम्बन्ध बिस्तार तथा भातृत्व विकासका लागि आयोजना गरिएको प्रतियोगितामा नेपाल पत्रकार महासंघ रुपन्देही विजयी भएको हो ।
स्वदेश फर्कियो साफ यु–२० महिला टोली
मंगलबार, साउन ६, २०८२
टोलीलाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का पदाधिकारीले स्वागत गरे । फाइनलसरह मानिएको लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग ४–० गोलको हार खेपेपछि नेपाल उपविजेतामा सीमित बनेको थियो ।
बङ्गलादेश अपराजित रहँदै च्याम्पियन बन्यो । नेपाल यसअघि लिग चरणको पहिलो खेलमा बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो ।
नेपाललाई आइसिसी ‘डिजिटल फ्यान इन्गेजमेन्ट’ अवार्ड
आइतबार, साउन ४, २०८२
सम्मेलनमा भाग लिन जानुभएका नेपाल क्रिकेट सङ्घ ९क्यान० का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले अवार्ड ग्रहण गरे।
आइसिसीले यसअघि नै नेपाललाई एसियाली क्षेत्रको विजेताका रुपमा यस अवार्डको मनोनयनमा पारेको थियो ।
यस अवार्डको मनोनयनमा नेपालसँगै अफ्रिकन क्षेत्रबाट नामिबिया, अमेरिकी क्षेत्रबाट बर्मुडा र पूर्वी एसिया प्रशान्त...


