Lumbini Rise
दाेस्राे क्यानन सेभेन ए-साईड फुटबल : स्कलर्स बाेर्डिङ र हाेराईजन जिबिएस फाईनल प्रवेश 

बुटवल- बुटवलमा जारी दोस्रो क्यानन सेभेन ए साईड फुटबल प्रतियोगिता २०८२ मा स्कलर्स होम बोर्डिङ स्कुल र होराईजन जिविएस बोर्डिङ स्कुल फाईनलमा प्रवेश गरेको छ । 

क्यानन माध्यमिक विद्यालय बुटवल सुख्खानगरको आयोजनामा विहिबार भएको पहिलो सेमीफाईनल खेलमा होराइजन जिबिएसले सेन्ट जोसेफ बोर्डिङ स्कुललाई ट्राईबेकरमा ३–२ गोल तथा दोस्रो सेमीफाईनलमा स्कलर्स होम बोर्डिङ स्कुलले क्यानन सेकेण्डरी स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । 

सिद्धेश्वर खेल मैदानमा भएको पहिलो खेल निर्धारित समयमा बराबरी भएपनि ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा होराईजन भाग्यशाली बन्यो । प्रतियोगितामा होराईजनले सबै खेल ट्राईबेकर जित्दै आएको छ ।

यता अर्को खेलमा स्कलर्सले आयोजक क्याननलाई २ गोलले पराजित गरेको हो । स्कलर्सको जितमा डिफेन्डर श्याम बुढामगरले दुबै गोल गरे । उनी खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।  

प्रतियोगिताको फाईनल शुक्रबार हुनेछ । प्रतियोगितामा विजेता टिमले ५५ हजार ५५५, उपविजेताले ३३ हजार ३३३, उत्कृष्ट खेलाडीले ३ हजार रुपैयाँबाट पुरस्कार गरिने विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए । 

प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार ५५५, उपविजेताले ३३ हजार ३३३ रुपैयाँ कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि विधागत रुपमा उत्कृष्ट खेलाडी ३ हजार रुपैया, उत्कृष्ट गोलरक्षक र सर्वाधिक स्कोरलाई २ हजार ५ सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिएकाे खेल संयाेजक पवन बश्यालले जानकारी दिए। प्रतियोगितामा ३० वटा विद्यालयहरु सहभागी भएका थिए ।

गत वर्ष स्कलर्स होम बोर्डिङ स्कूलले उपाधि चुमेको थियो भने नविन औद्योगिक कदरबहादुर रीता मावि उपविजेता बनेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  २१:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update