Lumbini Rise
सिद्वबाबा मिष्ठान्नकाे चाैथाे शाखा बुटवल सुख्खानगरमा सुरू

बुटवल - सिद्धबाबा मिष्ठान्न भण्डारले बुटवलको सुख्खानगरमा चौथो शाखा  सञ्चालनमा ल्याएको छ।

बुटवल वडा नम्बर–८ को पुरानो वडा कार्यालय नजिकै शाखाको आइतबार घटस्थापनाको दिन पारेर उदघाटन गर्ने तयारी छ । स्थानीय उपभोक्तालाई गुणस्तरीय तथा स्वादिष्ट मिठाई र विभिन्न परिकार खानाका परिकार उपलब्ध गराउने उद्देश्यसहित नयाँ मिष्ठान्न भण्डार सञ्चालनमा ल्याउन लागिएको हो । 

मिष्ठान्न भण्डारका सञ्चालक लक्ष्मण पोखरलले स्थानीय सेवाग्राहीको मागका आधारमा देवीनगरमा आफ्नो नयाँ शाखा विस्तार गरिएको बताए ।

शाखा संचालनका लागि ६० लाख लगानी गरेको उल्लेख गर्दै उनले अन्य चारबटा स्थानमा खोलिएका मिष्ठान भण्डारमा करोडौ लगानी पुगेको बताए ।

बुटवलमा स्पेशल लड्डु र दुध मलाइका नामले परिचित सिद्धबाबाका यसअघिका तीनवटै शाखाबाट दैनिक ६० किलोभन्दा बढी मिठाइ र पाँच सय लिटर दुध खपत हुने गरेको छ र मिठाइ उत्पादनका लागि छुट्टै उद्योग समेत संचालनमा रहेको सञ्चालक पोखरलेले चाडपर्वको समयमा ग्राहकका लागि ५ प्रतिशत छुट योजना समेत राखिएको बताए ।  
पोखरेलले व्यवसायसँगै उपभोक्तालाई गुणस्तरीय सेवा दिनुपर्नेमा आफू सेचत रहेको बताए । उनले स्थानीय क्षेत्रमा नयाँ व्यवसाय सञ्चालन हुनु आर्थिक गतिविधि विस्तार र रोजगारी सिर्जनाका दृष्टिले सकारात्मक भएको उल्लेख गरे ।

 भण्डारमा ग्राहकको रुचि र आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न प्रकारका मिठाई, तन्दुर तथा खाना र खाजा परिकार उपलब्ध गराइनेछ ।  स्वच्छता, गुणस्तर र उचित मूल्यलाई प्राथमिकतामा राखेर सेवा प्रदान गरिने छ । सँगै मिष्ठान्न भण्डार सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाले विभिन्न उत्सव, चाडपर्व तथा पारिवारिक समारोहका लागि मिठाई र अन्य परिकार सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २५, २०८३  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update