Lumbini Rise
बुटवल उद्याेग बाणिज्य संघकाे अध्यक्षका लागि नरिश्वर पाैडेल समूहकाे उम्मेद्वारी घाेषणा


बुटवल- बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको आगामि नेतृत्वका लागि नरिश्वर शर्मा पौडेल नेतृत्वको प्यानलले उमेद्वारी घोषणा गरेको छ । स‌ंघको २६ औं अधिवेशन विहिबारदेखि सुरु हुँदैछ । अधिवेशनको पूर्वसन्ध्यामा पौडेल समूहले बुधबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्यानल घोषणा गरेको हो ।  

नयाँ सोच, नयाँ विचार, समावेशी साझा नेतृत्वू भन्ने मूल नाराका साथ प्यानलले २० बुँदे प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेको छ। पौडेल समूहबाट बरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा निर्मित कसजू, वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्मा, महासचिवमा बसन्त प्रसाद ढकाल, कोषाध्यक्षमा प्रतिक पोखरेल, सचिवमा दिपक प्रसाद चापागाईँ र सह कोषाध्यक्षमा कमला पोखरेल पराजुली(मञ्जु) उम्मेद्वार रहनेछन् । यसैगरी कार्यसमिति सदस्य पदहरूका लागि समेत विभिन्न व्यवसायीहरूले उम्मेदवारी दिएका छन् ।

एसोसियट सदस्यहरुमा भानुभक्त खत्री (भानु), उद्योग सदस्यहरुमा सुनिता बन्जाडे, कृष्णप्रसाद पाण्डे, ज्ञानबहादुर पुन, लेखनाथ भण्डारी उमेद्वार रहेका छन् । वाणीज्य सदस्यहरुमा गणेश प्रसाद भट्टराई, उमेश अमात्य, जगन्नाथ न्यौपाने र रामबहादुर भण्डारी रहेका छन् । महिला सदस्यमा रेनु श्रेष्ठ र मञ्जु पुरी गिरी रहेका छन् ।

खुल्ला सदस्यतर्फ विष्णु घिमिरे पन्त (कमला), दिपक घिमिरे, प्रदिप शाक्य, अलिम दिन, कृष्ण श्रेष्ठ (कलप्रसाद), शिवदेव अर्याल र विष्णु उपाध्यायले उमेदवारी घोषणा गरेका छन् ।

व्यवसायीको सम्मान, व्यापारको सुरक्षा र बुटवलको आर्थिक समृद्धिलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा व्यवसायिक दर्ता, नवीकरण र प्रशासनिक प्रक्रियालाई सरल र पारदर्शी बनाउने, मुख्य बजारको पार्किङ तथा ट्राफिक व्यवस्थापन सुधार्ने र बन्द वा विस्थापनको जोखिममा रहेका उद्योगहरूको संरक्षण गर्ने विषयहरू समावेश गरिएका छन्।

अध्यक्षका उम्मेद्वार पौडेल बुटवल उपमहानगरपालिकाका वडा न. ४ का वडाअध्यक्ष समेत हुन् । उनले आफू नितान्त व्यवसायीहरुको हकहितमा काम गर्ने टिम सहित मैदानमा उत्रेको बताए । 

यसैगरी डिजिटल भुक्तानी र अनलाइन व्यापारलाई प्रवर्द्धन गर्ने, बैंक तथा वित्तीय संस्थासँग ब्याजदर र कर्जा विषयमा नियमित संवाद गर्ने, भन्सार तथा आयात(निर्यात प्रक्रिया सहजीकरण गर्ने, स्थानीय उत्पादनको बजार विस्तार गर्ने र युवा तथा नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाइएको छ। यता दिनेश श्रेष्ठले समेत अध्यक्षमा उम्मेद्वारी दावी गरेका छन भने टंक गैरे पनि अध्यक्षका आकाक्षी हुन् । 

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update