बुटवल उद्याेग बाणिज्य संघकाे अध्यक्षका लागि नरिश्वर पाैडेल समूहकाे उम्मेद्वारी घाेषणा
बुधबार, असोज २१, २०८३
बुटवल- बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको आगामि नेतृत्वका लागि नरिश्वर शर्मा पौडेल नेतृत्वको प्यानलले उमेद्वारी घोषणा गरेको छ । संघको २६ औं अधिवेशन विहिबारदेखि सुरु हुँदैछ । अधिवेशनको पूर्वसन्ध्यामा पौडेल समूहले बुधबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्यानल घोषणा गरेको हो । नयाँ सोच, नयाँ विचार, समावेशी साझा नेतृत्वू भन्ने मूल नाराका साथ प्यानलले २० बुँदे प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेको छ। पौडेल समूहबाट बरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा निर्मित कसजू, वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्मा, महासचिवमा बसन्त प्रसाद ढकाल, कोषाध्यक्षमा प्रतिक पोखरेल, सचिवमा दिपक प्रसाद चापागाईँ र सह कोषाध्यक्षमा कमला पोखरेल पराजुली(मञ्जु) उम्मेद्वार रहनेछन् । यसैगरी कार्यसमिति सदस्य पदहरूका लागि समेत विभिन्न व्यवसायीहरूले उम्मेदवारी दिएका छन् ।


