तुलसीराम लामिछाने
भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी तथा बुद्धसँग प्रत्यक्ष सम्बन्धित कपिलवस्तु, रामग्राम, देवदह र तिलोत्तमा लगायतका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक तथा पर्यटकीय क्षेत्रहरूलाई समेटिएको बुद्ध परिपथको संरक्षण, विकास, प्रवर्द्धन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रचार–प्रसार गर्ने उद्देश्यले लुम्बिनी साँस्कृतिक नगरपालिका र बुद्ध परिपथका नगरपालिकाहरूबीच सन् २०७५ सालदेखि निरन्तर रूपमा समन्वय, सम्बन्ध विस्तार, सहकार्य, सहयोग तथा अनुभव आदानप्रदानको अभियान अघि बढेको छ ।
लुम्बिनीलाई नेपाली तथा विश्व नागरिकका लागि महत्वपूर्ण ऐतिहासिक, धार्मिक, सांस्कृतिक, शान्ति तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै भगवान् गौतमबुद्धका शान्ति, करुणा, अहिंसा, मैत्री, सहअस्तित्व र मानवतावादी सन्देशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने, लुम्बिनी तथा बुद्ध परिपथको पर्यटन विकासमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी अभिवृद्धि गर्ने तथा सम्बन्धित नगरपालिका, संस्था र सरोकारवालाबीच दीर्घकालीन र परिणाममुखी संस्थागत सम्बन्ध स्थापित गर्ने मूल उद्देश्य रहँदै आएको छ।
यस अभियानअन्तर्गत बुद्ध परिपथका पाँच नगरपालिकाहरू—लुम्बिनी साँस्कृतिक नगरपालिका, कपिलवस्तु नगरपालिका, रामग्राम नगरपालिका, देवदह नगरपालिका र तिलोत्तमा नगरपालिका—बीच नियमित समन्वय, संवाद, सहकार्य, साझा कार्यक्रम तथा संस्थागत साझेदारीलाई क्रमशः व्यवस्थित र संस्थागत गर्दै अघि बढेका छन ।
- प्रमुख उद्देश्य : लुम्बिनी तथा बुद्ध परिपथको परिचय र भ्रमण प्रवर्द्धन लुम्बिनी तथा बुद्ध परिपथका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक तथा पर्यटकीय क्षेत्रबारे कर्मचारी, जनप्रतिनिधि, सरोकारवाला तथा आम नागरिकलाई जानकारी गराउँदै आफ्नै देशका अमूल्य सम्पदाको अवलोकन तथा भ्रमणका लागि उत्प्रेरित गर्ने।
- आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन लुम्बिनीमा आउने पर्यटकलाई कपिलवस्तु, रामग्राम, देवदह, तिलोत्तमा लगायतका बुद्धसँग सम्बन्धित गन्तव्यसँग जोड्दै पर्यटकको आगमन तथा बसाइ अवधि वृद्धि गर्ने।
- पाँच नगरपालिकाबीच संस्थागत सहकार्य पर्यटन, संस्कृति, सम्पदा, पूर्वाधार, प्रचार–प्रसार, लगानी, कार्यक्रम तथा परियोजनाका क्षेत्रमा साझा अवधारणा, योजना र कार्यक्रम विकास गर्ने।
- NRNA तथा विश्वभरका नेपाली समुदायसँग सहकार्य गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (NRNA ICC) तथा विभिन्न देशमा रहेका नेपाली समुदायसँग संस्थागत सम्बन्ध विस्तार गरी विश्वभरबाट लुम्बिनी तथा बुद्ध परिपथको प्रचार–प्रसार र पर्यटन प्रवर्द्धन गर्ने।
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नगरपालिका/सिटीसँग सम्बन्ध विस्तार पर्यटन, सम्पदा संरक्षण, नगर विकास, वातावरण, प्रविधि, शिक्षा, पूर्वाधार लगायतका साझा विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नगरपालिका/सिटीसँग संस्थागत सम्बन्ध, भगिनी सम्बन्ध तथा मैत्रीपूर्ण सहकार्य विस्तार गर्ने।
- ज्ञान, सीप, प्रविधि तथा अनुभव आदानप्रदान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहर, नगरपालिका तथा संस्थासँग असल अभ्यास, प्रविधि, ज्ञान, सीप र अनुभव आदानप्रदान गर्ने।
- संयुक्त कार्यक्रम तथा परियोजना सञ्चालन सरकारी तथा गैरसरकारी संस्था, विकास साझेदार, निजी क्षेत्र तथा अन्य सरोकारवालासँग सहकार्य गरी पर्यटन, सम्पदा संरक्षण, पूर्वाधार, क्षमता विकास तथा प्रचार–प्रसारसम्बन्धी संयुक्त कार्यक्रम तथा परियोजना अघि बढाउने।
- बुद्धको शान्ति सन्देशको विश्वव्यापी प्रवर्द्धन लुम्बिनीलाई विश्व शान्तिको महत्वपूर्ण स्रोतका रूपमा स्थापित गर्दै भगवान् गौतमबुद्धका शान्ति, करुणा, अहिंसा, मैत्री, सहअस्तित्व तथा मानव कल्याणका सन्देशलाई विश्व समुदायसम्म पुर्याउने।
- संस्थागत रूपमा अघि बढेको अभियान यस महत्वपूर्ण अभियानलाई अझ व्यवस्थित, प्रभावकारी र दीर्घकालीन बनाउन नगर कार्यपालिका तथा नगर सभाका निर्णय, स्वीकृत O&M संगठन संरचना तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय समन्वय, सम्बन्ध विस्तार, सहकार्य, सहयोग र अनुभव आदानप्रदानसम्बन्धी कार्यविधिअनुसार पर्यटन तथा समन्वय शाखा स्थापना गरी कार्यलाई संस्थागत रूपमा अघि बढाइएको छ।
- यसरी कुनै व्यक्तिको व्यक्तिगत प्रयासमा मात्र सीमित नराखी स्थानीय सरकारको संवैधानिक अधिकार, संस्थागत जिम्मेवारी, निर्णय प्रक्रिया र स्वीकृत संगठन संरचनाभित्र रहेर लुम्बिनी तथा बुद्ध परिपथको संरक्षण, विकास, प्रवर्द्धन र अन्तर्राष्ट्रियकरणको अभियानलाई निरन्तरता दिइएको छ।
हालसम्मका प्रमुख उपलब्धिहरू
१. बुद्ध परिपथका पाँच नगरपालिकाबीच नियमित समन्वय, संवाद, सहकार्य तथा साझा कार्यक्रम सञ्चालन गर्ने संस्थागत आधार निर्माण भएको छ।
२. लुम्बिनी, कपिलवस्तु, रामग्राम, देवदह र तिलोत्तमालाई समेटेर एकीकृत बुद्ध परिपथ पर्यटन विकास तथा प्रवर्द्धनको अवधारणा अघि बढेको छ।
३. लुम्बिनी तथा बुद्ध परिपथका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक तथा पर्यटकीय गन्तव्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिचय विस्तार भएको छ।
४. लुम्बिनीमा आउने पर्यटकलाई बुद्धसँग सम्बन्धित अन्य महत्वपूर्ण गन्तव्यसम्म जोड्ने अवधारणा र प्रवर्द्धनात्मक गतिविधि अघि बढेका छन्।
५. NRNA ICC, NRNA NCC तथा विश्वका विभिन्न देशमा रहेका नेपाली समुदायसँग संस्थागत सम्बन्ध विस्तार भई लुम्बिनी तथा बुद्ध परिपथको अन्तर्राष्ट्रिय प्रचार–प्रसारका नयाँ अवसर सिर्जना भएका छन्।
६. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नगरपालिका/सिटी, सरकारी तथा गैरसरकारी संस्था, विकास साझेदार, निजी क्षेत्र तथा अन्य सरोकारवालासँग संस्थागत सम्बन्ध विस्तार भएको छ।
७. विभिन्न नगरपालिका/सिटी तथा संस्थासँग भगिनी सम्बन्ध, मैत्रीपूर्ण सम्बन्ध, समझदारीपत्र (MoU) तथा सहकार्यका माध्यमबाट दीर्घकालीन संस्थागत सम्बन्ध निर्माण गर्ने आधार तयार भएको छ ।
लामिछाने लुम्बिनी साँस्कृतिक नगरपालिकाका समन्वय प्रमुख हुन ।

