बुद्ध परिपथका नगरपालिकाहरूको सहकार्य र साझेदारी प्रभावकारी
आइतबार, असोज ११, २०८३
भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी तथा बुद्धसँग प्रत्यक्ष सम्बन्धित कपिलवस्तु, रामग्राम, देवदह र तिलोत्तमा लगायतका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक तथा पर्यटकीय क्षेत्रहरूलाई समेटिएको बुद्ध परिपथको संरक्षण, विकास, प्रवर्द्धन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रचार–प्रसार गर्ने उद्देश्यले लुम्बिनी साँस्कृतिक नगरपालिका र बुद्ध परिपथका नगरपालिकाहरूबीच सन् २०७५ सालदेखि निरन्तर रूपमा समन्वय, सम्बन्ध विस्तार, सहकार्य, सहयोग तथा अनुभव आदानप्रदानको अभियान अघि बढेको छ ।


