बुटवल- बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको २६औं अधिवेशनबाट नयाँ नेतृत्वका लागि टंक प्रसाद गैरे नेतृत्वको समूहले आफ्नो उम्मेदवारी घोषणा गरेकाे छ । अधिवेशनकाे पूर्व सन्ध्यामा विहिबार बुटवलमा पत्रकार सम्मेलन गर्दै गैरेकाे अध्यक्षतामा प्यानल उम्मेदवार घाेषणा गरेका हुन् ।
उपाध्यक्षमा विमल राज भट्टराई, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्ति प्रसाद अधिकारी, महासचिवमा जमुना पौडेल, सचिवमा काशीराम शर्मा पौडेल, कोषाध्यक्षमा टिकाराम बञ्जाडे र सह-कोषाध्यक्षमा जाकिर हुसैन उम्मेदवार रहेका छन्।
यसैगरी बालकृष्ण पौडेल एसोसियट सदस्यमा उम्मेद्वार रहेका छन् भने उद्योग तर्फका ४ सदस्यहरुमा दिपक बास्तोला, गोपाल टण्डन, प्रविण गोविन्द श्रेष्ठ, सुनिता अर्याल रहेका छन् । वाणिज्य तर्फ मनिष कुमार हयोजु, मिलन कुमार भारी, राजेश भट्टराई, सुनिता गिरी सदस्य रहेका छन् ।
यस्तै महिला सदस्य तर्फ सुकमाया श्रेष्ठ ध्वजु (सिता) सुष्मा केसी रहेका छन् । खुल्ला सदस्यतर्फ विजयकुमार वर्णवाल, ज्ञानप्रसाद खनाल, गणेश प्रसाद सेढाई, जनक श्रेष्ठ, गोपाल बस्याल, सुशील प्रसाद श्रेष्ठ र ठाकुर घिमिरे चुनावी प्रतिस्पर्धामा छन्। गैरे समूहले १० बुँदे प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेको छ। 'परिणाममुखी संयुक्त नेतृत्व, समृद्ध बुटवलको साझा प्रतिबद्धता' भन्ने मूल नाराका साथ सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा बुटवललाई ऐतिहासिक व्यापारिक केन्द्रको रुपमा मात्र नभई उद्योग, व्यापार, सेवा र पर्यटनको प्रमुख आर्थिक शहरका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ। यसअघि बुधबार नरिश्वर शर्मा पाैडेल समूहले उम्मेद्वारी घाेषणा गरेका छन् ।
शुक्रबारदेखि सुरु हुने संघकाे अधिवेशनका लागि व्यवसायीहरु चुनावी अभियानमा हाेमिएका छन् । अधिवेशनकाे सम्पूर्ण तयारी पूरा भएकाे संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी दिए । साधारण सभामा संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कारसहित विधागत पत्रकारिता पुरस्कार प्रदान गर्नुका साथै उत्कृष्ट उद्योगी व्यवसायीहरुलाई सम्मान गर्ने जनाएको छ ।

