टंक प्रसाद गैरे नेतृत्वको समूहले पनि उम्मेद्वारी घाेषणा गर्यो
बिहीबार, असोज २२, २०८३
बुटवल- बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको २६औं अधिवेशनबाट नयाँ नेतृत्वका लागि टंक प्रसाद गैरे नेतृत्वको समूहले आफ्नो उम्मेदवारी घोषणा गरेकाे छ । अधिवेशनकाे पूर्व सन्ध्यामा विहिबार बुटवलमा पत्रकार सम्मेलन गर्दै गैरेकाे अध्यक्षतामा प्यानल उम्मेदवार घाेषणा गरेका हुन्। उपाध्यक्षमा विमल राज भट्टराई, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्ति प्रसाद अधिकारी, महासचिवमा जमुना पौडेल, सचिवमा काशीराम शर्मा पौडेल, कोषाध्यक्षमा टिकाराम बञ्जाडे र सह-कोषाध्यक्षमा जाकिर हुसैन उम्मेदवार रहेका छन्।


