सिद्वबाबा मिष्ठान्नकाे चाैथाे शाखा बुटवल सुख्खानगरमा सुरू
आइतबार, असोज २५, २०८३
सिद्धबाबा मिष्ठान्न भण्डारले बुटवलको सुख्खानगरमा चौथो शाखा सञ्चालनमा ल्याएको छ । बुटवल वडा नम्बर–८ को पुरानो वडा कार्यालय नजिकै शाखाको आइतबार घटस्थापनाको दिन पारेर उदघाटन गर्ने तयारी छ । स्थानीय उपभोक्तालाई गुणस्तरीय तथा स्वादिष्ट मिठाई र विभिन्न परिकार खानाका परिकार उपलब्ध गराउने उद्देश्यसहित नयाँ मिष्ठान्न भण्डार सञ्चालनमा ल्याउन लागिएको हो ।


