एसीसी यू-१६ इस्ट जो क्रिकेटमा नेपालको जीत
मंगलबार, असार १०, २०८२
जापानलाई सस्तोमा समेट्न नेपालका शुभम खनाल एक्लैले ५ विकेट लिए । १० ओभर बलिङ गरेका शुभमले १५ रन दिएर ५ विकेट झारे । अभय यादवले २, सुशील रावल र विपिन प्रसाद शर्माले १र१ विकेटको योगदान दिए ।
एशियन बुद्ध टी–१० क्रिकेटः होराइजन, टीम एभेन्जर्स र एशियन बुद्ध विजयी
आइतबार, असार ८, २०८२
भैरहवा-रुपन्देहीको भैरहवामा जारी जिल्लास्तरीय ‘एशियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’ मा आइतबार भएका तीन खेलमा न्यु होराइजन क्रिकेट क्लब, टीम एभेन्जर्स र एशियन बुद्ध विजयी भएका छन्।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा न्यु होराइजनले लुम्बिनी साझेदारीलाई ७० रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले २ विकेटको...
भैरहवामा टी–१० क्रिकेट सुरु, प्रोफेसनल मास्टर्स र टिम रेस्पोन्स विजयी
शनिबार, असार ७, २०८२
भैरहवा - रुपन्देहीको भैरहवामा शनिबारदेखि टी–१० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा ‘एशियन बुद्ध टी–१० क्रिकेट–२०८२’ सुरु भएको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक प्रोफेसनल मास्टर्स–११ ले मायादेवी क्रिकेट एकेडेमीलाई ६१ रनले हराएको छ । टस जितेर ब्याटिङ...
आजदेखि भैरहवामा ‘एशियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’
शनिबार, असार ७, २०८२
भैरहवा- रुपन्देहीको भैरहवामा शनिबारदेखि टी–१० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा ‘एशियन बुद्ध टी–१० क्रिकेट–२०८२’ हुन लागेको हो । आयोजकले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएका हुन् । रुपन्देही क्रिकेट संघका अध्यक्ष समेत रहेका क्लबका अध्यक्ष हरिबहादुर थापाले जिल्लाको क्रिकेट खेललाई...
नेपालसमेत सहभागी त्रिदेशीय टी २० शृंखला आजदेखि
आइतबार, असार १, २०८२
काठमाडाैं - नेपालसमेत सहभागी त्रिदेशीय टी-२० शृंखला आज सुरु हुँदैछ। शृंखलाको पहिलो खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे स्कटल्यान्डको ग्लास्गोमा सुरु हुनेछ।नेपालले भने आफ्नो पहिलो खेल भोलि सोमबार नेदरल्यान्ड्ससँग खेल्नेछ। विश्वकप लिग-२ को आफ्नो चौथो शृंखला खेल्न स्कटल्यान्ड गएको नेपालले उतै टी-२० शृंखला खेल्न...
प्रदेशस्तरीय यु–१६ क्रिकेटमा रूपन्देही च्याम्पियन
शनिबार, जेठ १७, २०८२
भैरहवा- लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा घरेलु टोली रुपन्देहीको टिम च्याम्पियन बनेको छ । भैरहवामा सम्पन्न फाइनल खेलमा दाङलाई ६२ रनले पराजित गर्दै रुपन्देही च्याम्पियन बनेको हो । रुपन्देहीको जितमा लक्ष्मण कुमालले उत्कृष्ट बलिङ गरे । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको...
प्रदेशस्तरीय यु–१६ क्रिकेटः लिगचरणको अन्तिम खेलमा बर्दिया विजयी
बिहीबार, जेठ १५, २०८२
भैरहवा - रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको लिगचरणको अन्तिम खेलमा बर्दिया विजयी भएको छ । बर्दियाले बाँकेलाई ६५ रनले पराजित गर्दै जित निकालेको हो । यद्यपि यी दुबै टिम उपाधि होडबाट बाहिरीसकेका छन् । उपाधिका लागि शुक्रबार रुपन्देही र दाङबीच स्पर्धा हुँदैछ ।
प्रदेशस्तरीय यु–१६ क्रिकेट: दाङ र रुपन्देही फाइनलमा
बुधबार, जेठ १४, २०८२
भैरहवा - रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा दाङले बाँकेलाई ६ विकेटले पराजित गरेको छ । जितसँगै समूह ‘बी’को विजेता बन्दै दाङ फाइनल पुगेको छ । यसअघि रुपन्देही समूह ‘ए’ को विजेता बन्दै फाइनल पुगिसकेको छ। यी दुई टिमबिच १६ गते उपाधिका लागि स्पर्धा हुनेछ ।
प्रदेशस्तरीय यु–१६ क्रिकेट : रुपन्देही ७ र बाँके ३ विकेटले विजयी
मंगलबार, जेठ १३, २०८२
भैरहवा- रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा रुपन्देही र बाँके विजयी भएका छन् । रुपन्देहीले कपिलवस्तुलाई ७ विकेट र बाँकेले बर्दियालाई ३ विकेटले पराजित गरेका हुन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा जितका लागि पाएको खेलमा १ सय १२ रनको लक्ष्य रुपन्देहीले १० ओभर ५...
प्रदेशस्तरीय यु–१६ क्रिकेटः दाङ र नवलपरासीलाई सफलता
सोमबार, जेठ १२, २०८२
भैरहवा– दाङ र पश्चिम नवलपरासीले रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा जित निकालेका छन् । भैरहवास्थित सिद्धार्थ रङ्गशालामा भएको खेलमा दाङले बर्दियालाई हरायो भने तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा नवलपरासीले पाल्पालाई ६९ रनले पराजित गरेको हो।
प्रदेशस्तरीय यु–१६ क्रिकेट: रुपन्देही र नवलपरासी विजयी
आइतबार, जेठ ११, २०८२
भैरहवा - लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा आइतबार सम्पन्न दुई खेलमा पश्चिम नवलपरासी र रुपन्देहीले जित निकालेका छन् । नवलपरासीले कपिलवस्तुमाथि ११ रनको जित निकाल्दा रुपन्देहीले पाल्पालाई २ सय ६१ रनले पराजित गर्यो । रुपन्देहीको यो लगातार दोस्रो जित हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा...
प्रथम मेयर कप विद्यालय क्रिकेट उपाधी न्यू होराइजनले चुम्याे
आइतबार, जेठ ११, २०८२
बुटवल - प्रथम मेयर कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता–२०८२ को उपाधि न्यू होराइजनले जितेको छ । बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा गत आइतबारबाट सुरु भएको प्रतियागिताको फाइनलमा कान्ति माविलाई पराजित गर्दै न्यू होराइजन मावि विजेता बन्दै उपाधि हात पारेको छ ।
भैरहवा शुक्रबारदेखि यु–१६ प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता
बिहीबार, जेठ ८, २०८२
भैरहवा – रुपन्देहीको भैरहवामा शुक्रबारदेखि लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता हुने भएको छ। लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा प्रतियोगिता हुन लागेको हो। राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो। आयोजकले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी भैरहवास्थित सिद्धार्थ क्रिकेट...


