Lumbini Rise
एपिएफमाथि फ्रेन्ड्सको सहज जित

काठमाडौँ- फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगमा विभागीय टोली एपिएफ फुटबल क्लबमाथि सहज जित निकालेको छ ।

एन्फा मैदान सातदोवाटोमा आइतबार भएको खेलमा फ्रेन्ड्सले एपिएफलाई ३–१ गोलले हरायो । फ्रेन्ड्सको जितमा मन्दीप ढुङ्गेलले दुई र प्रभात बिसीले गोल गरे ।

एपिएफका लागिअसिम खड्काले गर्नुभएको सुरुवाती गोल सान्त्वना बन्यो । जितसँगै फ्रेन्ड्सले नौ खेलबाट १९ अङ्क बनाएको छ । पराजित एपिएफको समान खेलबाट १५ अङ्क छ । 

यस्तै आइतबार नै भएको अर्को खेलमा चर्च ब्वाइज युनाइटेड र संकटा क्लबले२–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । चर्च ब्वाइजका लागि स्वप्नील दर्लान र अप्सन गुरुङले गोल गरे।

संकटाका लागि पेम्बा तामाङ र प्रजलकुमार लुम्रेले गोल गरे। बराबरीसँगै संकटाले नौ खेलबाट १९ अङ्क बनाएको छ । चर्च ब्वाइजको समान खेलबाट १४ अङ्क छ । 

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update