Lumbini Rise
एन्फा फिफाको ‘कन्ट्रोल फन्डिङ’बाट मुक्त

बुटवल-अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० मा माथि विश्व फुटबल महासङ्घ ९फिफा० ले लगाएको ‘कन्ट्रोल फन्डिङ’ हटाएको छ ।

फिफाले उपलब्ध गराउने आर्थिक सहयोगमा अपारदर्शिता र भ्रष्टचारको आशङ्का गर्दै एन्फालाई फिफाले सन २०२१ मार्च १५ तारिख देखि ‘कन्ट्रोल फन्डिङ’ प्रणाली लागु गरेको थियो । 

फिफाले एन्फालाई दिँदै आएको आर्थिक सहयोगलाई आफ्नो नियन्त्रणमा राखेर नियमन गरी खर्च गर्न दिने गर्दथ्यो । एन्फाले शनिबार प्रेश विज्ञप्ती जारी गर्दै फिफाले ‘कन्ट्रोल फन्डिङ’ हटाएको उल्लेख गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘‘चार वर्षपछि गत बिहीबार फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी ९जीएसीसी० को बैठकले नेपालमाथि लगाइएको आर्थिक बन्देज हटाएको छ ।

अध्यक्ष पंकजविक्रम नेम्वाङको नेतृत्वमा कार्यरत एन्फा कार्यसमितिको आर्थिक पारदर्शिता र सुशासनमाथि विश्वास गर्दै फिफाले बन्देजात्मक प्रणाली हटेको व्यहोराको पत्र पठाएको छ ।’’

फिफाले  ‘कन्ट्रोल फन्डिङ’ हटाएसँगै एन्फाले अब स्वतन्त्र रूपमा फिफाको आर्थिक सहयोग उपयोग गर्न सक्ने छ । फिफाले यसअघि सन् २०२४ को अक्टोबर २९ तारिख एन्फालाई एएफसी मेम्बर एसोसिएसन अफ दी इयर ९गोल्ड० अवार्ड २०२४ बाट पनि सम्मान गरेको थियो । 

एन्फाको विज्ञप्तीमा ‘विभिन्न पूर्वाग्रही र स्वार्थ समूहले फुटबल विकासमा अवरोध गर्न खोजेपनि अन्तिममा सत्यताले विजय भएको उल्लेख छ । 

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update