Lumbini Rise
नेपाल महिला यु–२० एसियन कप तयारीमा व्यस्त

काठमाडौँ- नेपालली टोली भुटानामा भदौ २३ देखि २८ गतेसम्म आयोजना हुने एएफसी महिला यु–२० एसियन कप छनोटको अन्तिम तयारीमा व्यस्त छ । 

छनोटको लक्ष्यका साथ तयारी गर्दै आएको नेपालले आइतबार मात्र प्रतियोगिता खेल्ने २३ सदस्यीय अन्तिम खेलाडी टोलीको घोषणा गरेको छ ।

प्रशिक्षक यामप्रसाद गुरुङले हालै बङ्गलादेशमा सम्पन्न साफ महिला यु–२० च्याम्पियनसिपमा सहभागी खेलाडीलाई टोलीमा समावेश गर्नुभएको छ । 

टोलीमा एक खेलाडीमात्र परिवर्तन गरिएको छ । यसअघि टोलीमा रहनुभएकी रक्षक झुमा विश्वकर्माको स्थानमा सजिना स्याङ्तानलाई मौका दिइएको छ । साफमा महिला टोली उपविजेता बनेको थियो । 

छनोट खेलमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा आयोजक भुटान, उत्तर कोरिया र साउदी अरब रहेको छ ।समूहको शीर्ष टोलीले आगामी वर्ष आयोजना हुने एएफसी यु–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ। 

बिर्सना चौधरी ९कप्तान०, लीला जोशी, करुणा बुढाथोकी, अनिशा राई, अस्मिता गुरुङ, वर्षा ओली, गङ्गा रोकाया, सजिना स्याङ्तान, कविता गुरुङ, कुसुम खतिवडा, मनीषा सेन, माया मास्के, मीना देउवा, पूर्णिमा राई, समीक्षा मगर, सरिताकुमारी नाथ, सेमिहाङ्मा लिम्बू , सेनु परियार, सिम्रन राई, सीता रोकाया, सुजाता तामाङ, सुक्रिया मिया र सुशीला केसी । 

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update