
बुटवल – नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीको आयोजनामा शनिबार बुटवलमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । आपसी सम्बन्ध बिस्तार तथा भातृत्व विकासका लागि आयोजना गरिएको प्रतियोगितामा नेपाल पत्रकार महासंघ रुपन्देही विजयी भएको हो ।
प्रतियोगिताको अवसमा परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीका अध्यक्ष राजन कसजु, कार्यक्रम संयोजक सिद्धार्थ गोयल, मञ्चका उद्योग अध्ययन अवलोकन भ्रमणका संयोजन सुरज उप्रती पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेय, उपाध्यक्ष विश्वास ढकाल, अस्मिना पाण्डेय लगायतले खेलको माध्यमबाट आपसी सद्भाव विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे । खेललाई जीत र हारको रुपमा नभई सम्बन्ध बिस्तारको रुपमा लिइएको उनीहरुले बताए ।
प्रतियोगितामा पत्रकार महासंघको समूहले परिसंघ युवा उद्यमी मञ्चको समूहलाई १०९६ गोल अन्तरले पराजित गरेको थियो । खेलमा सर्वाधिक गोलकर्ता पत्रकार कृष्ण भण्डारी तथा सर्वोत्कृष्ट खेलाडी पत्रकार स्वस्तिक श्रेष्ठ घोषित भएका थिए ।