उद्योग परिसंघ युवा उद्यमी मञ्चको आयोजनामा मैत्रीपूर्ण फुटसल
शनिबार, साउन १०, २०८२
बुटवल – नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीको आयोजनामा शनिबार बुटवलमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । आपसी सम्बन्ध बिस्तार तथा भातृत्व विकासका लागि आयोजना गरिएको प्रतियोगितामा नेपाल पत्रकार महासंघ रुपन्देही विजयी भएको हो ।