गर्मीले भैरहवा विद्यालयमा तीन दिन विदा
-1753452230.jpg)
बुटवल –रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले अत्याधिक गर्मी भएपछि विद्यालयलाई विदा दिएको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्मीले विद्यार्थी र जनजीवनमा नकारात्मक असर पारी विरामी हुने समस्या देखिन थालेकाले विदा दिएको जनाएको छ ।
नगरपालिकाले साउन ११ गतेदेखि १४ गतेसम्म विदा दिएको हो । उक्त विदा वर्षे- गर्मी विदा वा हिउँदे विदाबाट कट्टा गरिने जनाएको छ । सिद्धार्थनगरले सूचना निकालेपछि शुक्रबार हल्का बर्षा भएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२ १९:५०
प्रतिक्रिया दिनुहोस्