Lumbini Rise
घरमा आगलागी हुँदा महिलाको जलेर मृत्यु

रेसुंगा -गुल्मीको धुर्कोटमा घरमा आगलागी हुँदा महिलाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–५ वस्तुकी ७० वर्षीया मनिदेवी विकको घरमा आगलागी हुँदा ३० वर्षीया छोरी जुना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

विकको ढुङ्गा माटोले बनेको एक तल्ले कच्ची घरमा अचानक आगलागी हुँदा मानसिक सन्तुलन ठिक नभएकी छोरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सारुले बताए ।

आगलागी स्थानीय र प्रहरीले नियन्त्रणमा लिएपनि कारण अझै नखुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update