
बिशाल भण्डारी
मेरो कम्पनी Three Production Pvt. Ltd. ले उत्पादन गरी प्रसारण हुँदै आइरहेको Show COMEDY CHAMPION र Comedy Night With Champion को बारेमा यहाँहरू भलिभाँती जानकार नै हुनुहुन्छ।
लाखौँ करोडौँ दर्शकहरूको अपार माया,स्नेह र साथले सामाजिक सञ्जाल प्रयोगकर्ता र टेलिभिजनका दर्शकहरू माझ सर्वाधिक रुचाइमा पर्न सफल हाम्रो यो Show वर्षकै हिट कार्यक्रमको रूपमा स्थापित हुँदै अहिले पाँचौँ कार्यक्रम चलिरहेको छ ।
१८/१९ महिना जति अघि आफूलाई NRN दाबी गर्ने एक व्यक्ति ३.५ करोड लगानी गरेर ३०% Share किन्ने भन्दै कम्पनीमा प्रवेश गरे , हामी बिच भएको करारमा २४ महिना लगानी ननिकाल्ने भनी प्रस्ट लेखिएको पनि छ । Comedy Champion Season 3 चलाउन आवश्यक परेको १.५ करोड तत्काल दिने र पछि मुनाफाको हिसाब आएपछि थप गरेर ३.५ करोड पुर्याउने मौखिक भद्र सहमति पछि कम्पनीको कागज पत्र उनकै वकिलले सेयर कित्ता बाँडफाँड गरेर कम्पनी रजिस्टारको कार्यालयमा अद्यावधिक गराए ( उनी र म कम्पनीको सञ्चालक र बाकी २ शेयर धनीलाई साधारण सदस्य रही कम्पनीको तर्फबाट गरिने आर्थिक कारोबारका चेकहरूमा मेरो एकल दस्तखत हुने प्रावधान बनाएर)। अनुमानित मुनाफा जोडेर मसँग ५०लाखको २ वटा २५ लाखको १ वटा अनि ३० लाखको ३ वटा गरेर २ करोड १५ लाखको Security चेक पनि लिए ।
Comedy champion सिजन ३ सकिन साथ म सँग पैसा कहिले आउँछ म निस्किन्छु भन्ने बहाना बनाएर सम्झौता विपरीत मलाई पैसाको लागी यातना(Torture) दिन सुरु गर्न थालियो ।
राज्य प्रशासनमा भएको ढोँगी पहुँचको दुरुपयोग गर्दै आफै सञ्चालक रहेको कम्पनीको चेक लगेर बैकिंङ कसुरमा मेरा विरुद्ध मुद्दा दायर गरेर मलाई दिनु दुख दिए र दबाबमा राखेर २ करोड ४० लाख असुले ।
हरेक बैङ्किङ कारोबार BANK to BANK भएकोले म सँग सबै कारोबारको प्रमाण छ । तर बढी गएको पैसा फिर्ता नगर्ने र जसरी पनि उनको चिनजान सम्बन्ध र शक्तिको दुरुपयोग गर्दै पैसा असुल्न लागेको देखेपछि कम्पनीको बाकी शेयर धनीले विभिन्न मुद्दा हालेर हिसाब मागेको र २.४ करोड अपचलनको लगायतको मुद्दा जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनमा चलिरहेको छ ।उनले चेक बापत दाबी गरेको रकम लगेर पनि मिलापत्र गर्न नआएपछि मैले उनका विरुद्ध दिएको आपराधिक लाभको मुद्दा परिसर काठमाण्डौं मै छ । उसले हालेको बैकिंङ कसुरको मुद्दा पैसा लिई सकेर पनि मिलापत्र गर्न उ नआएर जिल्ला अदालत पुगेको छ ।
जति गरेपनी उसले लगेको पैसा फिर्ता नगर्ने र जबरजस्ती पेलेरै जाने नियत देखाएपछि मैले बाँकी शेयर धनीलाई सहमत गराएर उसले लगेको २.४ करोड मध्ये बढी गएको ९० लाखको नेपाल सरकारको कम्पनी ऐन अन्तर्गत हुन आउने कर तिराएर मिलापत्र गर्ने सल्लाह भयो ।
तर अझै पनि मिलापत्र गर्न नआउने, हामीलाई अलमल्लायर राख्ने, पैसा पनि लग्ने ,मिलापत्र पनि नगर्ने ,कम्पनी नछोड्ने र कानुनको कमजोरीको फाइदा उठाउँदै मुद्दाको पेशी पटक-पटक सार्न लागाइ दुख दिएर हैरान बनाउने, काम गर्न नदिने , कार्यक्रम रोक्न मुद्दा हाल्ने कहिले कम्पनीको खाता रोक्न मुद्दा हाल्ने धम्काउने लगायतको काम गर्ने गरेर कम्पनीको कार्यसम्पादनमा निरन्तर रोकावट व्यवधान गर्ने उसको यस निकृष्ट एवं घृणित व्यवहारका विरुद्ध भण्डाफोरको उद्घोष नगरी थप सहेर बस्न नसकेको कारणले यो Status मार्फत न्याय प्रेमी जनता (दर्शक/ श्रोता) माझ उसको देखावटी सुकिलो अनुहार भित्र लुकेको सैतानि चेहरा उजागर गर्न बाध्य भएको छु।
यस अघि विजेतालाई महिना दिन नबित्दै गाडी उपहार दिने इतिहास थियो हाम्रो, तर यो पटक सिजन ३ को विजेता कलाकार भाइलाई घोषित पुरस्कार दिन सकिएको छैन ।कतिपय विभागको वेतन पनि बाँकी नै छ । समयमा पैसा दिन ठुलै कसरत गर्दापनी नसकिने अवस्थामा उसले पुर्याएर छोडेको छ। २ लाख बाट सङ्घर्ष गरेर सुरु भएर बनेको कम्पनीको खाताबाट २.४ करोड अचानक जाँदा समस्या आउने नै भयो ।
यो क्रममा मैले यो विषयको जानकारी सम्माननीय प्रधान मन्त्री के पी शर्मा ओली ज्युको सचिवालयमा गराएर मद्दत पनि मागे। तर त्यो कुरा सचिवालय भन्दा माथि पुग्यो पुगेन थाहा भएन। देश बनाउँछु भन्नेलाई मेरो मुद्दा सानो लागेको पनि हुन सक्छ।
तर उनले दिएको Torture को मन्दबिष (Slow poison ) को असरले हाम्रो दैनिकी निकै समय देखि अस्तव्यस्त बनिनै रहेको छ , सङ्घर्षबाट विचलित भई हरेस खाएर आत्तिने स्वभावको कोही अरू मेरो स्थानमा हुन्थ्यो भने कुनै अप्रिय घटना घटी सक्थ्यो Torture त्यस्तो थियो त्यो बेलाको।
हुन त उसले गलत प्रभाव र भ्रममा पारेकोले हुन सक्छ सम्बन्धित निकायका प्रहरी परिसरका ठुलै दर्जाका प्रहरी लगायतले अधिकारीहरूले पनि थोरै पनि वास्तविकता निहाल्न आवश्यक नै ठानेनन् उल्टै मलाई गरेको त्यो बेलाको तुच्छ सम्बोधन आज पनि स्मरण हुँदा अप्रिय लाग्छ , मरे तुल्य भएको त्यो क्षण बिर्सन खोज्दा पनि सक्दिन।प्रहरी मेरो साथीको एक कक्षा ती ठुला अधिकारीलाई फेरी पनि गर्नु देखे ।प
तर मैले बुझेको छु सङ्घर्षको यश मैदानमा मैले खुट्टा कमाउन मिल्दैन,सुहाउँदैन किनकि यो कुरा म एक जनाको हैन म सँग काम गर्ने सबै कलाकार र प्राविधिक गरेर १००/११० कर्मचारीको दैनिकी र करियरको सवाल हो ।
आज उनी मलाई र मैले दुखका साथ स्थापना गरेको कम्पनीलाई बर्बाद पार्न लागेको आभास हुँदैछ । १०० जनाको रोजगारि ,दैनिकी र भविष्यको प्रश्न छ ।
यसलाई सरकार कानुन र न्यायालयले प्राथमिकताका साथ हेर्न आवश्यक छ । म एक जना त २ भाइ र बुवा आमा भएको देश NEW ZEALAND जाउला उतै बसौला तर कम्पनीको वाकी १०९ जना कता जाने ?
के यो देशमा इमान्दारीता साथ कला सृजना श्रम र पौरख बेचेर गरी खान नपाइने हो? स्वरोजगारको सम्भावना देख्ने कर्मवीरहरू लखेटिनु नै पर्ने हो? छल ढाट, बेइमानी, बाट अरूको पसीनाको कमाइ चुसेर समाजसेवी वा प्रवासी नेपालीको आवरणमा दुनियाँलाई भ्रमित पार्दै भलादमी रूप धारण गर्ने सुकिलाहरूको लागि मात्रै राज्य संयन्त्र हो र?
के देश सम्बन्ध बनाएर शक्ति राख्न र दुरुपयोग गर्न जान्ने मात्रको हो ? कि ठुला होटेलको Top floor मा बसेर Whisky खाएर गफ दिनेको मात्र हो ?
हामी जस्तो लोकल चिया पसलमा चिया खाने र आफ्नो काम सँग मोह राख्ने देशमै केही गर्न तम्सेको मान्छेको कसले सुन्ने ?मलाई कतिको पैसा दिन समय लाग्यो होला तर दिएन र खायो भन्ने एकै जना पनि छैनन्
इमानदारी राख्दै कर्म गर्ने म र हामी जस्ता कता जाने ?
अब त अति नै भयो ——सरकार र कानुन छ भने म र मेरो टिमलाई न्याय र काम गर्ने वातावरण चाहियो ।हामी यही देशमै बसेर दर्शक हँसाई राख्न चाहन्छौ ।
नाेट : उनकाे तस्बिर र नाम नहाल्नुको कारण उनकाे परिवार वाल बच्चा लज्जित हुन नपरोस् भनेर हो । दोषी उ मात्रै हो ।
बिशाल भण्डारीकाे फेसबुकबाट