रूपन्देही - युवाको लागि युवाले तिलोत्तमामा आईतबार कविता वाचन कार्यक्रम गरेकाे छ । नगरपालिका केÐन्द्रित विभिन्न सृजनशिल कार्यक्रमहरु आयोजना गर्दै आइरहेको यसवाले जेन्जि युवाहरु केन्द्रित " युवा, कविता र चिया " शिर्षकमा कविता वाचन कार्यक्रम सम्पन्न गरेकाे हाे ।
कार्यक्रम तिनपा ५ स्थित एक सुरुप, मणिग्राममा सम्पन्न भएको थियो । युवाका लागि युवाका संयोजक जिवन पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कविहरु नविन गौतम, ओसिन मल्ल ठकुरी , आयुस आचार्य, शुभास काफ्ले, शरद पौडेल , रन्जित थापा मगर र अनोस पौडेलले आफ्ना सृजना वाचन गरेका थिए
कार्यक्रममा बाेल्दै तिलाेत्तमा नगरपालिकाका कार्यपालिका सदस्य एवम सामाजिक विकास समिति संयाेजक रवि सेन्चुरीले युवाका लागि युवाले समय सान्दर्भिक सृजनशिल कार्यक्रम गरेको र थप युवाहरुलाई यस्ता कार्यक्रममा जोडेर अघि बढ्न सुझाव दिए ।
विभिन्न कार्यक्रम मार्फत युवाहरु सृजनाशिलता र नेतृत्व विकासमा केन्द्रित रहेको अध्यक्ष पाण्डेले बताए।
किन र के का लागि कविता भन्ने विषयमा सुबोध खनालले विचार राख्नु भएको थियो । कार्यक्रम आयुस बरालले सन्चालन गरेका थिए ।


