Lumbini Rise
गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जना घाइते

गुल्मी - गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङमा ट्याक्टरको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् । अग्लुङ फेदी खोलाबाट बालुवा बोकेर गएको रा १ त ३८६३ नम्बरको ट्याक्टरले स्थानीय सालिकराम चन्द (अन्दाजी ३५/३६ वर्ष) लाई ठक्कर दिएको हो ।

ठक्करबाट चन्दको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

 

 

घाइतेलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाइएको छ । ट्याक्टर चालक भगवत बोहरा भने घटनापछि बेपत्ता रहेको र प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update