Lumbini Rise
नेपाल व्यवासायिक कलाकार संघ रुपन्देहीद्धारा सांसद भुसाललाई सम्मान

बुटवल- नेपाल व्यवसायिक कलाकार संघ जिल्ला समिति रुपन्देहीले अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरि प्रसाद भुसाललाई बुटवलमा सम्मान सहित बधाई ज्ञापन गरेको छ । प्रतिनिधिसभामा निर्वाचित सांसद भुसाल कलाकार भएकाले संघले सम्मान सहित बधाई ज्ञापन गरेको हो ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सांसद भुसालले जनताको साथले ब्रस समाउने हातले कानुन बनाउने थलोमा पुगेको बताए । उनले आफू सांसदका रुपमा निर्वाचित भएपनि ब्रस समाउने कलाप्रतिको माया उतिकै रहेको भन्दै कलाकारहरुको जीवनलाई सहज बनाउने बिषयमा काम गर्ने बताए ।

उनले आफूलाई कलाकारहरुको मर्म र पिडा थाहा भएको बताउँदै व्यवसायिक कलाकारहरुको सुझावका आधारमा कानुनी अडचन सहज बनाउन पहल गर्ने बताए ।

कार्यक्रममा नेपाल व्यवसायिक कलाकार संघ जिल्ला समिति रुपन्देहीका अध्यक्ष दिलिप रसालीले भुसाल निर्वाचित हुँदा आफूहरुको प्रतिनिधित्व भएको महसुस गरेको बताउँदै कलाकारहरुको पक्षमा काम गर्न सुझाव दिए । कार्यक्रममा व्यवासायिक कलाकारका केन्द्रीय प्रतिनिधि, सल्लाहकार तथा अन्य कलाकारहरुको उपस्थिती रहेको थियो ।

3b7e74e4-13b7-4c6e-982a-544c5689ac70-1775440961.jpg


 

प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update