
बुटवल - बुटवल स्थित इन्टलेक्च्युअल एकेडेमीले शुक्रवार नमुना निर्वाचन कार्यक्रम गरेको छ । विद्यार्थीहरूले इन्टलेक्च्युअल बाल क्लब गठन गर्ने प्रयोजनका लागि नमुना निर्वाचन गरी नेतृत्व चुनेका छन् ।
समूहले प्यानल बनाएर गरिएको निर्वाचनबाट अध्यक्ष ,उपाध्यक्ष ,सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन प्रणालीबाट र सदस्यहरू समानुपातिक निर्वाचन प्रणालीबाट चुनेका थिए ।शिक्षकहरूको सहजीकरणमा विद्यार्थीहरूकै तर्फबाट मतदान अधिकृत सहितका कर्मचारी र सुरक्षाकर्मीको समेत व्यवस्था गरी निर्वाचन प्रक्रिया सप्रन्न गरेका थिए ।
निर्वाचनबाट अध्यक्ष सिमरन बस्याल ,उपाध्यक्ष आयुस थापा, सचिव बिपिसा पौडेल र कोषाध्यक्ष नवीन खत्री तथा सदस्यहरूमा श्रेय गैर, एन्जल हिताङ ए ,एन्जल हिताङ बि,वर्षा मगर ,प्रीन्स कार्की ,सिजन थापा ,निर्जल क्षेत्री ,आशिष् नेपाली ,अभिषेक पेमी,परिधी पाण्डे र प्रशंसा लाकौल निर्वाचित भएका छन् ।
निर्बाचितहरुलाई प्रमुख मतदान अधिकृत दिवस भण्डारीले गोपनीयताको शपथ दिलाएका थिए भने निर्वाचित हुनेहरूलाई स्कुलका प्रबन्ध निर्देशक रामराज पोख्रेलले टीका र खादाले सम्मान गरी बधाई तथा शुभकामना दिनुभएको थियो।निर्वाचनमा कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
विद्यार्थीहरूलाई निर्वाचन प्रणाली र प्रक्रियाको व्यवहारिक ज्ञान दिने उद्देश्यले यो कार्यक्रम गरिएको अतिरिक्त क्रियाकलाप प्रमुख सुवास भण्डारीले जानकारी दिए ।