इन्टलेक्च्युअल एकेडेमीमा नमूना निर्वाचन
शुक्रबार, साउन ९, २०८२
बुटवल - बुटवल स्थित इन्टलेक्च्युअल एकेडेमीले शुक्रवार नमुना निर्वाचन कार्यक्रम गरेको छ । विद्यार्थीहरूले इन्टलेक्च्युअल बाल क्लब गठन गर्ने प्रयोजनका लागि नमुना निर्वाचन गरी नेतृत्व चुनेका छन् । समूहले प्यानल बनाएर गरिएको निर्वाचनबाट अध्यक्ष ,उपाध्यक्ष ,सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन प्रणालीबाट र सदस्यहरू समानुपातिक निर्वाचन प्रणालीबाट चुनेका थिए ।शिक्षकहरूको सहजीकरणमा विद्यार्थीहरूकै तर्फबाट मतदान अधिकृत सहितका कर्मचारी र सुरक्षाकर्मीको समेत व्यवस्था गरी निर्वाचन प्रक्रिया सप्रन्न गरेका थिए ।