Lumbini Rise
कालिका कप : भलिवल र कबड्डीमा  नकआउट चरणका खेल सकिए

बुटवल- कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा जारी कालिका कप–२०८२  मा जिल्ला स्तरिय छात्र–छात्रा भलिवल प्रतियोगीता र कबड्डी प्रतियोगीतामा नकआउट चरणका सबै  खेल  सकीएका छन् ।

विहिबार विद्यालयमा भएको  जिल्ला स्तरिय मावि छात्र भलिवल प्रतियोगीतामा ७ वटा विद्यालय  अघिल्लो चरणमा प्रवेश गरेका छन्। पहिलो खेल अक्सफोर्ड मावि र सगरमाथा माविका विचमा भएकोमा २–० ले अक्सफोर्ड विजयी भएको छ । यस्तै  एभरेष्ट मावि र मणिमुकुन्दका विचमा भएको खेलमा मणिमुकुन्द सोझो सेटमा विजयी भएको छ ।

न्यु होराईजन र उजिरसिंह माविका विचमा भएकोमा सोझो सेटमा न्यु होराईजन विजयी भएको छ । यस्तै कालिका मानवज्ञान मावि र सैनामैना माविका विचमा भएको खेलमा सैनामैना मावि २–१  सेटले विजयी भएको छ ।

 दिप बोर्डीङ्ग मावि र देवदह पब्लिका विचमा भएकोमा देवदह पब्लिक मावि सोझो सेटले विजयी भएको छ भने सेन्ट जोसेफ र पशुपती माविको विचमा भएको खेलमा सेन्ट जोसेफ मावि सोझो सेटले विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको विद्यालयका खेलकुद समिति सदस्य शिक्षक हिरामान प्रधानले जानकारी दिए ।

यस्तै छात्र भलिवलको सातौ खेल कान्ती मावि र सिता माविका विचमा भएकोमा सिता मावि २–१ ले विजयी भएको हो  । यस्तै छात्रा भलिवल प्रतियोगीतामा कालिका मानवज्ञान मावि र नविन माविका विचमा भएको खेलमा नविन मावि सोझो सेटले विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

यस्तै  न्यु होराईजन मावि र दिप बोर्डीङ्गको विचमा भएकोका  न्यु होराईजन सोझो सेटले विजयी भएको हो । यस्तै एभरेष्ट मावि र बुद्ध पब्लिकका विचमा भएकोमा २–१ ले एभरेष्ट मावि, कान्ती मावि  र नविन माविका विचमा भएकोमा २–१ ले नविन मावि र कुर्वरवती मावि र सिता माविका विचमा भएको खेलमा सोझो सेटले कुवरवर्ती मावि विजयी हुँदै अघिल्लो चराणमा प्रवेश गरेको हो ।

कड्डी प्रतियोगीता तर्फ  छात्र मा नविन मावि, अक्सफोर्ड मावि, ईड्न बोर्डीङ्ग , कालिका मानवज्ञान मावि,  मणिमुकुन्द मावि विजयी भएर अघिल्लो  चरणमा प्रवेश गरेका छन् । छात्रा तर्फ पशुपती मावि, कालिका मानवज्ञान मावि, नविन मावि र कान्ती मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेका हुन  ।

कालिका मानवज्ञान माविले  पुस ६ गते सेक्टर २ मा छात्रवृत्ती वितरण सहित सम्मान कार्यक्रम आयोजना गरेको छ भने मुल समारोह पुस ७ गते कालिकानगर सेक्टर १ मा भव्य समारोहका विचमा हुने छ ।

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update