Lumbini Rise
कालिका कपमा सुरु : भलिवल र कबड्डीका खेल सम्पन्न 


बुटवल - कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सव तथा स्थापना दिवसको अवसरमा आयोजित जिल्ला स्तरिय कालिका कप को पहिलो दिन छात्र छात्रा भलवल प्रतियोगीता सुरु भएको छ ।

पहिलो दिनको खेलमा छात्र भलिवल तर्फ ६ वटा खेल समापन भएका छन् । पहिलो उजिरसिंह मावि र त्रिभुवन एकेडेमीका विचमा भएकोमा उजिरसिंह मावि विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै दोस्रो  खेल ज्ञनोदय मावि र सैनामैना माविका विचमा भएकोमा सैनामैना मावि विजयी भएको छ ।

तेस्रो खेल ईन्टलएक्चुअल एकेडमी र दिप बोर्डीङ्गका विचमा भएकोमा दिप बोडीङ्ग विजयी भएको हो । सेन्ट जोसेफ मावि र शान्ती नमुना माविका विचमा भएकोमा  सेन्ट जोसेफ मावि विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै क्यान्न मावि र कान्ती माविको विचमा भएकोमा कान्ती मावि विजयी भएको हो । यस्तै ईड्न बोडीङ्ग र नविन औद्योगीक माविका विचमा भएको खेलमा नविन मावि विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको कालिका कप आयोजक समिति  सदस्य शिक्षक हिरामान प्रधानले जानकारी दिए । 

यस्तै छात्रा तर्फको भलिवल प्रतियोगीतामा ४ वटा खेल सम्पन्न भएका  छन् ।  जसमा पहिला मणिमुकुन्द मावि र दिप बोर्डीङ्ग माविका विचमा भएकोमा दिप बोर्डीङ्ग मावि विजयी भएको छ । यस्तै शान्ती नमुना मावि र देवदह बुद्ध पब्लिक माविका विचमा भएकोमा देवदह बुद्ध पब्लिक मावि विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।

यस्तै छात्रा तर्फको भलिवल प्रतियोगीताको तेस्रो खेलमा सैनामैना मावि र कान्ती माविका विचमा भएकोमा कान्ती मावि विजयी भएको हो भने  मंगलबार भएको अन्तीम खेलमा  अक्सफोर्ड मावि बुटवल र सिता माविका विचमा भएकोमा सिता मावि विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।

कालिका कप अन्र्तगत आयोजना गरिएको जिल्ला स्तरिय कवड्डी प्रतियोगीता छात्र तर्फ ४  र छात्रा तर्फ ४ खेल भएका छन् । 
छात्र तर्फ पहिलो खेलमा नयाँ गाउँ मावि र कान्ती माविका विचमा भएकोमा कान्ती मावि विजयी भएको छ ।

यस्तै मणिमुकुन्द मावि र क्याननका विचमा भएको प्रतियोगीतामा मणिमुकुन्द मावि विजयी भएको हो । यस्तै कालिका मानवज्ञान मावि र बुद्ध दिप स्कुलमा विचमा भएकोमा कालिक मानवज्ञान मावि विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।  यस्तै पशुपती मावि र त्रिभुवन एकेडमीका विचमा भएको खेलमा त्रिभुवन एकडेमी विजयी भएको हो । 

विद्यालयका खेलकुद संयोजक ओम बहादुर सारुका अनुसार  छात्रा कबड्डी प्रतियोगीतामा  होराईजन जिविएस र अक्सफोर्ड का विचमा भएकोमा अक्सफोर्ड विजयी भएको छ । भने इन्टेलएक्चुअल मावि ईड्न बोर्डीङ्गका विचमा भएकोमा ईड्न बोर्डीङ्ग विजयी भएको हो ।  

यस्तै कान्ती मावि र दिप क  विचमा भएकोमा कान्ती मावि विजयी भएको हो । छात्रातर्फको चौथो कबड्डी प्रतियोगीतामा होारईजन बोडीङ्ग र त्रिभुवन एकेडमीका विचमा भएकोमा होराईजन विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको  खेलकुद समितिका सदस्य शिक्षक हिरामान प्रधान ले जानकारी दिए । 

प्रतियोगीताको शुभारम्भ विद्यालयका पुर्व प्रधानाध्यापक तथा प्रमुख सल्लाहकार बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक र विद्यालयका प्रधानाध्यापक दिनेश थापाले  रेफ्रीलाई खेलकुद सामग्री प्रदान गरी शुभारम्भ गरेको इभेन्ट संयोजक  हरिस ओली जानकारी दिए ।

 

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  २०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update