Lumbini Rise
साफ यू-१७ महिला च्याम्पियनसिपमा आज नेपालले भुटानको सामना गर्दै
साफ यू-१७ महिला च्याम्पियनसिपमा आज नेपालले भुटानको सामना गर्दै नेपालले आज साफ यू–१७ महिला च्याम्पियनसिपमा आयोजक भुटानको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउसो ५स्४५ बजेदेखि शुरु हुदैछ । यस अघि नेपालले खेलेको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो । त्यस्तै भुटानले पनि आफ्नो पहिलो खेलमा बंगलादेशसँग ३-१ गोल अन्तरको हार बेहोरेको थियो ।
टप इण्ड टी-२० सिरिजमा आज मेलबर्न रेनेगेड्ससँग प्रतिस्पर्धा गर्दै नेपाल
टप इण्ड टी-२० सिरिजमा आज मेलबर्न रेनेगेड्ससँग प्रतिस्पर्धा गर्दै नेपाल  लगातार तीन खेल हारेको नेपालले हिजो चौथो खेलमा होबर्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराउँदै पहिलो जीत निकालेको छ । टप इन्ड टी२० शृङ्खलामा नेपाल यसअघिका तीनवटै खेलमा पराजित भएको थियो । नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित...
टप इन्ड टि-२० सिरिजमा नेपालको पहिलो जित, नन्दनले लिए ५ विकेट
टप इन्ड टि-२० सिरिजमा नेपालको पहिलो जित, नन्दनले लिए ५ विकेट अष्ट्रेलियामा जारी टप इन्ड टि २० सिरिजमा नेपालले जितको खाता खोलेको छ । नन्दन यादवको घातक बलिङको मद्दतले नेपालले पहिलो जित हात पारेको हो । मंगलबार भएको खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गरेको छ।१ सय ८१ रनको लक्ष्य पछ्याएको हरिकेन्सले १६।१ ओभरमा सबै विकेटको क्षतिमा ११४ रन मात्र...
पाल्पा भलिबल संघले जित्यो दोस्रो रणउजिरेश्वरी भगवती कप प्रतियोगिताको उपाधि
पाल्पा भलिबल संघले जित्यो दोस्रो रणउजिरेश्वरी भगवती कप प्रतियोगिताको उपाधि पाल्पा - श्रीनगर भलिबल क्लबको आयोजनामा सम्पन्न दोस्रो रणउजिरेश्वरी भगवती कप प्रतियोगिताको उपाधि पाल्पा जिल्ला भलिबल संघले चुमेको छ । गत साउन २८ गतेदेखि सुरु प्रतियोगिताको सोमबार तानसेन टुँडिखेलमा सम्पन्न फाइनल प्रतियोगितामा फरइभर जापान जोकियो भलिबल क्लबलाई ३–२ सेटले पराजित गरेको हो । 
मेलवर्न स्टार्सले नेपाललाई दियो १७६ रनको लक्ष्य
मेलवर्न स्टार्सले नेपाललाई दियो १७६ रनको लक्ष्य मेलवर्नका लागि ब्लाक म्याकडोनाल्डले ७४ र थोमस रोजर्सले ६५ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र शहाब आलमले एक एक विकेट लिएका थिए ।
प्रथम युथ च्याम्पियनसिपमा रुपन्देहीका खेलाडीले प्रथम र तृतीय सहित ५ पदक जित्न सफल 
प्रथम युथ च्याम्पियनसिपमा रुपन्देहीका खेलाडीले प्रथम र तृतीय सहित ५ पदक जित्न सफल  बुटवल – १० औं राष्ट्रिय रेफ्री,कोच सेमिनार तथा प्रथम युथ च्याम्पियनसिपमा नेपाल गोजु–रियो कराँते डो संघ, रूपन्देही ब्लड हाइलाइट शाखाका  ४ जना खेलाडीले प्रथम र तृतीय गरि ५ वटा पदक जित्न सफल भएका छन् । नेपाल कराँते महासंघद्वारा  यहि साउन २२ गते काठमाडौं सातदोबाटो,ललितपुरमा आयोजित प्रतियोगितामा विभिन्न पदक जित्न सफल...
दोस्रो संस्करणको एनपिएल अक्सनका लागि आदिलसहित ८ क्रिकेट ‘ए’ श्रेणीमा
दोस्रो संस्करणको एनपिएल अक्सनका लागि आदिलसहित ८ क्रिकेट ‘ए’ श्रेणीमा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० को खेलाडी छनोटका लागि हुने अक्सनमा सुचीको ‘ए’ श्रेणीमा अलराउण्डर मोहम्मद आदिल आलम सहितका ८ क्रिकेटरले स्थान बनाएका छन् । आलम केही वर्ष अघि भएको नेपाल टि ट्वान्टी लिगका क्रम फिक्सीङ गरेको आरोपमा प्रतिबन्धमा परेका थिए । प्रमाण नपुगेको भन्दै केही समयपछि आदिललाई अदालतले...
विश्व टिम टेबलटेनिस प्रतियोगिता काठमाडौंमा सुरु
विश्व टिम टेबलटेनिस प्रतियोगिता काठमाडौंमा सुरु अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली छनोट प्रतियोगिता बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । 
नेपाल महिला यु–२० एसियन कप तयारीमा व्यस्त
नेपाल महिला यु–२० एसियन कप तयारीमा व्यस्त छनोटको लक्ष्यका साथ तयारी गर्दै आएको नेपालले आइतबार मात्र प्रतियोगिता खेल्ने २३ सदस्यीय अन्तिम खेलाडी टोलीको घोषणा गरेको छ । प्रशिक्षक यामप्रसाद गुरुङले हालै बङ्गलादेशमा सम्पन्न साफ महिला यु–२० च्याम्पियनसिपमा सहभागी खेलाडीलाई टोलीमा समावेश गर्नुभएको छ । 
इङल्याण्डले जित्यो महिला युरो कपको उपाधि
इङल्याण्डले जित्यो महिला युरो कपको उपाधि यस अघि निर्धारित ९० मिनेटको खेलमा दुवैले १-१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । योसंगै इङल्याण्डले लगातार दोस्रो पटक युरो कपको उपाधि जितेको छ । 
एपिएफमाथि फ्रेन्ड्सको सहज जित
एपिएफमाथि फ्रेन्ड्सको सहज जित एन्फा मैदान सातदोवाटोमा आइतबार भएको खेलमा फ्रेन्ड्सले एपिएफलाई ३–१ गोलले हरायो । फ्रेन्ड्सको जितमा मन्दीप ढुङ्गेलले दुई र प्रभात बिसीले गोल गरे ।
उद्योग परिसंघ युवा उद्यमी मञ्चको आयोजनामा मैत्रीपूर्ण फुटसल
उद्योग परिसंघ युवा उद्यमी मञ्चको आयोजनामा मैत्रीपूर्ण फुटसल ​​​​​​​बुटवल – नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीको आयोजनामा शनिबार बुटवलमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । आपसी सम्बन्ध बिस्तार तथा भातृत्व विकासका लागि आयोजना गरिएको प्रतियोगितामा नेपाल पत्रकार महासंघ रुपन्देही विजयी भएको हो । 
Weather Update