Lumbini Rise
क्यानन माविमा तीन दिने ‘स्पोर्टस् मिट’ सम्पन्न  

बुटवल– क्यानन माध्यमिक विद्यालय बुटवल सुख्खानगरले ‘तीन दिने स्पोर्टस मिट’ कार्यक्रम गरेको छ । सोमबारदेखि सुरु भएको प्रतियोगिता अन्तर्गत विभिन्न खेलकुलका कार्यक्रमहरु सम्पन्न भएका हुन् ।

प्रि–नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुविच विभिन्न खेलकुदका प्रतियोगिताहरु सम्पन्न भएको विद्यालयले जनाएको छ । बार्षिक क्यालेन्डर अनुसार ‘स्पोर्टस् डे’ का अन्तर्गत भएका विभिन्न प्रतियोगितामा विजयी भएकाहरुलाई बुधबार पुरस्कार वितरण गरिएको छ ।

विद्यालयका सहप्राचार्य विष्णु प्रसाद न्यौपानेले उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका हुन्। सह-प्राचार्य न्यौपानेले उत्कृष्ट विद्यार्थीहरुलाई प्रमाणपत्र र मेडलले पुरस्कृत गरे । उक्त अवसरमा बोल्दै उनले क्याननले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा अब्बल बनाउँदै अगाडि बढाइरहेको बताए ।

प्रतियोगिता अन्तर्गत कबडडी, फुटबल, भलिबल, क्रिक्रेट, एथेलेटिक्स विभिन्न विधाका खेलहरु सञ्चालन गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरीले बताए । प्रि–नर्सरीदेखि  कक्षा १२ सम्मका ८ सय विद्यार्थीहरुले स्पोट्स मिटमा सक्रिय सहभागी भए ।

विद्यार्थीहरुका विचमा मात्रै नभई यो पटक अभिभावकहरुको कुर्ची दौड प्रतियोगिता समेत गरिएको थियो । सहप्राचार्य न्यौपानेको अध्यक्षता, शिक्षक पुष्पा केसीको सञ्चालनमा भएको कार्यक्रममा शिक्षक सुरेश घिमिरे, अतरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरी, शिक्षकहरु विजय पराजुली, बिनितिा पंगेनी लगायतको उपस्थिती रहेको थियो । 
 

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update