Lumbini Rise
चैत २९ देखि बुटवलमा प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप हुँदै

बुटवल- सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२ हुने भएको छ । चैत १९ गतेबाट हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो ।
बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा सौभाग्य युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको ९० प्रतिशत काम सकिएको शुक्रबार पत्रकार सम्मेलन गरि क्लबका अध्यक्ष सुजु मल्लले बताए ।

प्रतियोगितामार्फत देशका विभिन्न जिल्लाबाट खेलप्रेमी दर्शकलाई आकर्षित गरी आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने, व्यापारिक प्रतिष्ठान तथा उत्पादनको प्रचारप्रसार गर्ने र लुम्बिनी क्षेत्रको पहिचान बढाउँदै समग्र क्षेत्रीय विकासमा टेवा पुर्याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । करीब ४० लाख खर्च हुने अनुमान रहेको उनले बताए ।

रुपन्देहीमा नै सर्वाधिक राशिफलको पहिलो फुटबल प्रतियोगिता आयोजना गर्न लागेको उनले दाबी गरे । सिद्धेश्वर मैदानलाई मिनी स्टेडियम बनाउने लक्ष्यसहित गुरुयोजना सरकारी निकायसम्म पुगेको उनले बताए ।

यसैबिच कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ७ का वडाअध्यक्ष पदम बहादुर गाहा, रुपन्देही फुटबल संघका पूर्व सचिव दिपक गुरुङ, सौभाग्य टिम कोच प्रदिप आचार्य, म्याच कमिश्नर बिष्णु पौडेल, बिस पचहत्तर युवा क्लबका अध्यक्ष सुरेन्द्र थापा स्वर्गिय प्रचण्ड थैवका सुपुत्र राधव थैवले सामुहिक रुपमा कप अनवरण गरेका थिए ।
सिद्धेश्वरी खेलमैदान, दीपनगरमा सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय स्तरका चर्चित क्लबहरूको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम हुने टोलीले ५ लाख ५ हजार रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा कोचलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

करीब २ हजार क्षमताको अस्थाई प्याराफिट समेत निमार्ण गरिएको सचिव प्रकाश क्षेत्रीले बताए । प्रतियोगितामा करिब ४५ हजार भन्दा बढी दर्शकले खेल अवलोकन गर्ने अनुमान गरिएको छ । प्रतियोगितामा रुपन्देहीसहित चितवन, नवलपरासी, कपिलबस्तुका गरि १२ क्लबहरुले भाग लिनेछन । गतवर्ष झरना स्पोर्टिङ क्लब विजेता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update