Lumbini Rise
बुटवलमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बुटवल–शनिबारदेखि बुटवलमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बुटवल उपमहानगरपालिका नगर खेलकूद बिकास समितिको आयोजनामा बुटवल–११, एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको  बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । उनले खेलकुदको माध्यमबाट बुटवललाई मुलुकमै फरक पहिचान स्थापित गराउने बताए । 

बुटवलमा रहेका शैक्षिक संस्था तथा यहाँ सञ्चालन गरिने विभिन्न खेलकुद गतिविधिले उत्कृष्ट खेलाडीहरुको उत्पादन र पहिचानमा टेवा पुर्याउँदै आएको उल्लेख गरे । राष्ट्रपति रनिङ शिल्ड एकवल एउटा कार्यक्रम नभई खेल गतिविधिको महाउत्सवको रुपमा रहेको बताउँदै उनले व्यवस्थित ढंगले सम्पन्न गर्न आग्रह गरे ।

0-1768051996.jpg
उपमहानरका उपप्रमुख सावित्रादेवी अर्यालले प्रतियोगिताले विद्यार्थीको खेल प्रतिभा उजार गर्नुका साथै सामुहिक भावना र प्रतिस्पर्धात्मक क्षमताको बिकास गर्ने विश्वास व्यक्त गरिन । खेलकूदको माध्यमबाट विद्यार्थीको शारीरिक तथा मानसिक बिकासमा टेवा पुर्याउन प्रतियोगिताले सहयोग पुग्ने उनले बताइन ।

प्रतियोगितामा बुटवल उपमहानगर अन्तरगत रहेका ४२ वटा सामुदायिक तथा निजी विद्यालयहरुबाट १ हजार ५८८ विद्यार्थीहरुले विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्दै छन् । जस अन्तरगत ९४१ जना छात्रा तथा ६०७ जना छात्रहरुले प्रतिस्पर्धा गर्ने खेलकूद बिकास समितिका संयोजक बोनिन पियाले जानकारी गराए ।

running-1768051915.jpg


कूल ३५० उपाधिका लागि प्रतिस्पर्धा हुने प्रतियोगितामा एथ्लेटिक्सतर्फ दौड, ज्याभ्लिङ्ग थ्रो, सटपुट, लङ्ग जम्प, हाई जम्प, त्रिपल लगायत रहेका छन् भने कराँते तर्फ ६ वटा विधा, तेक्वान्दोतर्फ ६ वटा विधामा प्रतिस्पर्धा हुँदै छ ।यसैगरी समुहगत खेलमा भलिबल र कबड्डी प्रतियोगिता हुने संयोजक पियाले जानकारी दिए ।

प्रतियोगितामा रनिङ शिल्ड विजेता विद्यालयले नगद २५ हजार राशी प्राप्त गर्नेछ भने उप विजेता र तृतीय हुने विद्यालयलाई समेत क्रमशः १५ हजार र १० हजार नगद राशीले सम्मान गरिने संयोजक पियाले जानकारी दिए । यसैगरी विधागत तर्फ छात्रारछात्र भलिबल प्रतियोगितामा विजेता दुबै समूहलाई नगद १५ हजार, द्वितीय हुने समूहलाई ७ हजार ५ सय कबड्डी तर्फ पनि प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५ हजार ७ हजार ५ सय र ३ हजार ५ सय नगद राशी प्रदान गरिने बताइएको छ ।

5-(2)-1768052012.jpg


एकल प्रतिस्पर्धा तर्फ कराँते र तेक्वान्दोमा प्रथम, द्वितीय र तृतीय हनेलाई जनही क्रमशः २ हजार १ हजार ५ सय र १ हजार रुपैयाँ नगद प्रदान गरिने भएको छ । प्रतियोगितामा सहभागी विद्यार्थीका लागि खेल अवधिमा हुन सक्ने दुर्घटनालाई मध्यनजर गरी दुर्घटना बीमाको समेत व्यवस्था गरिएको खेलकूद समितिले जानकारी गराएको छ ।

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update