बुटवल - बुटवल स्थित तिनाउ इंगलिश बाेर्डिङ्ग स्कलुमा शुक्रबारदेखि खेल सप्ताह सुरु भएकाे छ । सप्ताहको विद्यालय व्यवस्थापन समिति यज्ञमूर्ति पाण्डेले उदघाटन गरेका हुन् । आगामि ४ गते आइतबारसम्म कुल ६८ वटा खेलका विधामा ४९८ वटा पदकका लागि खेल सञ्चालन हुने विद्यालयका प्राचार्य सीता पाण्डेले बताइन ।
खेल सप्ताहमा बिगिनर्स, सब-जुनियर, जुनियर र सिनियर गरी चारवटा समूहमा विद्यार्थीहरूलाई विभाजन गरी खेलाइनेछ। कुनै एक विद्यार्थी ट्र्याक एण्ड फिल्ड गरी जम्मा तीनवटा खेलहरुमा सहभागी हुन सक्नेछ भने खेल खेल्दा विद्यार्थीहरु समूहगत, जोडी वा एकल रुपमा समेत सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। खेललाई व्यवस्थापन गर्नका लागि तहगत खेल संयोजक र फिल्ड संयोजकको नियुक्ति गरी खेलाइएको छ।

शुक्रबार उद्घाटन सत्रका खेलहरूमा मन्टेस्वरीतर्फ जम्प इन रिङ र कलेक्सन अफ बल, कक्षा नर्सरीका लागि कप एण्ड बल रेस र हट पोटयाटो, एलकेजी र युकेजीका लागि कलेक्सन बल्स र बिल्डिङ ब्लग्स, वानका लागि बलुन ब्लास्ट र बास्केटिङ द बल सब जुनियरका लागि बुकब्यालेन्स, म्युजिकल चेयर र स्पुन रेस एवं सिनियरका लागि फुटबल, क्रिकेट र भलिबल खेलहरू सम्पन्न भए।
विद्यालय परिसरमा सञ्चालन हुने खेलको व्यवस्थापन लक्ष्मी पाण्डे र शान्ता शर्माले गरिन भने विद्यालय परिसरभन्दा बाहिरका खेलहरू सूर्यप्रसाद पाण्डे र नारायण पोखरेलहरूले गरेका थिए । सम्पूर्ण खेलको सञ्चालन र व्यवस्थापन अतिरिक्त क्रियाकलाप सल्लाहकार अग्निधर पोखरेल र अतिरिक्त क्रियाकलाप संयोजक नवीन रत्न शाक्यले गगरेका थिए ।


