Lumbini Rise
दलित पार्श्व चित्र :  तिलोत्तमा नगरपालिकाको एक उदाहरणीय काम


लक्ष्मी सुनार 

तिलोत्तमा नगरपालिका, स्थापनाको छोटो अवधिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो छुट्टै पहिचान निर्माण गर्न सफल भएको छ । कारण यस पालिकाले गर्ने विभिन्न नागरिक केन्द्रित कार्य नै हुन् ।

तिलोत्तमा नगरपालिकाले आ(आफ्नो नीति तथा कार्यक्रम मार्फत दलित समुदायको लाई पनि प्राथमिकतामा राखेर अघि बढेको देखिन्छ । नीति र कार्यक्रमा मार्फत दलित समुदायका मुद्दालाई समावेश गरेको पाइन्छ । 

दलित क्षेत्रमा तिलोत्तमा नगरपालिकाको महत्वपूर्ण काम माध्ये दलित पार्श्व चित्र पनि एक हो । जहाँ तिलोत्तमा भित्र दलित समुदायको सुक्ष्म  रुपमा तथ्यांक सहित तयार पारिएको छ । जहाँ तिलोत्तमा भित्रका दलित समुदायको जनसांख्यिक  अवस्था, आर्थिक अवस्था र सामाजिक अवस्थालाई तथ्य सहित तयार गरिएको छ ।

नेपालको सामाजिक संरचना लामो समयदेखि जातीय विभेद र छुवाछूतको जालोले ग्रस्त छ। दलित समुदाय जो  शिक्षा, स्वास्थ्य, आर्थिक अवसर र राजनीतिक प्रतिनिधित्वबाट वञ्चित रहे । त्यसको असर वा प्रभाव तिलोत्तमाको दलित समुदायमा पनि देखिन्छ ।

कार्यपालिका सदस्य एवम् सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीका अनुसार  समाजमा विभेद छ र त्यसको अन्त्य हुन् जरुरि छ , अन्त्य गर्न रणनीति र कार्यक्रम चाहिन्छ त्यसका निम्ति उक्त समाजलाई आर्थिक, सामाजिक, राजनैतिक र सास्कृति रुपमा बुझ्न पर्ने भएकाले तिलोत्तमा नगरपालिकाले दलित पार्श्व चित्र निर्माण गरेको उल्लेख गर्दै हाल उक्त पार्श्व चित्र अनुसार तिलोत्तमा नगरपालिकामा दलित केन्द्रित नीति तथा कार्यक्रम निर्माण र कार्यन्वयन गर्न सहज भएको बताए ।

२०२१ को जनगणना अनुसार यसको कुल जनसंख्या करिब १४९,६५७ छ। यो क्षेत्र बहुजातीय र बहुसांस्कृतिक छ—ब्राह्मण, क्षेत्री, थारु, मगर, विश्वकर्मा, गुरुङ, यादव, परियार सहित ५६ समुदायको बसोबास गरहेको छ । पार्श्व चित्र (२०८२ का अनुसार तिलोतामा नगरपालिकामा विश्वकर्मा, परियार, गन्द्रर्व, हरिजन, चमार, मुसहर, पासी समुदाय रहेका छन् । १७ वटा वडामा दलित समुदायको घरधुरी सङ्ख्य २३६५ र जनसंख्या ११ हजार ७३ रहेको देखिन्छ । जसमा ५७६९ महिला र ५३०४ पुरुष रहेका छन् । तिलोत्तमा दलित पार्श्व चित्र – २०८२ अनुसार मुख्य तथ्यांकहरुको अध्ययन गर्दा 

जातिगत स् तिलोत्तमा नगरापालिकको दलित समुदायको तथ्यांक हेर्दा विश्वकर्मा ४३।२५ प्रतिशत, परियार २५।६६ प्रतिशत, मिजार १६।४० प्रतिशत , चमाररहरिजन ७।४४ प्रतिशत, मुसहर ४।९४ , पासी १।०९ प्रतिशत रहेको छ । गन्द्रर्भ, धोवी, कलर, दुसाद, ककैहिया, चिडिमार, वादी, खत्वे, डोम जातजातिको जनसंख्या न्यून मात्र रहेको देखिन्छ ।

वडागत रुपमा दलित समुदायको जनसंख्या स् वडा अनुसार सबैभन्दा उच्च दलितको बसोबास वडा नम्बर ११ मा १६६२  देखिन्छ भने सबैभन्दा कम वडा नम्बर ५ मा २३९ देखिन्छ ।

उमेरको आधारमा स् तिलोत्तमा नगरपालिकामा उमेरको आधारमा २०(२९ वर्ष उमेर समुह को जनासंख्य २००३ जना देखिन्छ भने सबै भन्दा कम ७० वर्ष माथिको देखिन्छ ।

धर्म अनुसार स् तिलोत्तमा नगरपालिका भित्र बहुसंख्यक हिन्दु धर्म मान्ने धरधुरी रहेको देखिन्छ । जसमा ९३।९५ हिन्दु, ५।४९ क्रिश्चियन  र  बाकि अन्य देखिन्छ ।

लैंगिक आधारमा स् तिलोत्तमा नगरपालिकामा लैन्गिकताकोआधारमा २३६५ घरपरिवार माध्ये पुरुष १४५९ र महिला ८७६ जना घरमुली रहेका छन् ।

दलित परीवारक मुख्य आम्दानिको स्रोत स् तिलोत्तमा नगरपालिका भित्रको २३६५ घरधुरी मध्ये ४०।५० प्रतिशत मुख्य आम्दानि वैदेशिक रोजगारी रहेको छ । २३।८९ प्रतिशतको ज्याला मजदुरी ,  खेतीपाती गर्ने १५।५६ प्रतिशत , जागिर गर्ने ८।२४  प्रतिशत, व्यापार गर्ने ७।२७ प्रतिशत र परम्परागत पेशा गर्ने ४।४२ प्रतिशत रहेको छ ।

दलित समुदायको घरको स्वामित्व स् तिलोत्तमा नगरपालिकामा जम्मा २३६५ घरधुरी मध्ये २०६८ जना उत्तरदाता आफ्नै स्वामित्वमा घर भएको पाइयो भने २५५ उत्तरदाताहरु भाडामा र अन्य ४२ जना देखिन आउछ ।

घरको प्रकार स् तिलोत्तम नगरपालिकामा दलित समुदायको २३६५ घरधुरी माध्ये २८ घरधुरी फुसको घरमा, २७ जना खपटा, ८९८ जना तिन र १४१२ जना पक्कि घरमा बसोबास गरेको देखिन्छ ।

खानेपानी उपभोक्ता समिति स् दलित घरपरिवार सर्वेक्षण २०८१ का अनुसार यस तिलोत्तमा नगरपालिका बाट जम्म २३६५ घरधुरीका ११०७३ जना माध्ये २३ जना खानेपानी उपभोक्ता समितिमा रहेको देखिन्छ ।

मन्दिर व्यवस्थापन समितिमा स् तिलोत्तमा नगरपालिका भरि १७ वटै वडामा जम्मा १२ वटा मन्दिर व्यवस्थापन समितिमा दलित समुदायका नागरिक व्यवस्थापन समितिमा रहेको देखिन्छ । तिलोत्तमा नगरपालिकाको दलित पार्श्व चित्र २०८२ ले विभिन्न क्षेत्रको सुक्ष्म तथ्यांक लिएक्को देखिन्छ ।

स्थानीय तहमा किन  दलित पार्श्व चित्र  आवश्यक छ 

नेपालको संबिधान र स्थानीय सरकार सन्चाल ऐनले स्थानीय तहलाई नीति निर्माण र कार्यान्वयन गर्ने अधिकार प्रदान गरेको छ ।  तसर्थ स्थानीय तहले आफ्नो नीति तथा बजेट निर्माण गर्न दलित समुदायको वास्तविक अवस्था बुझ्न आवश्यक छ ।

जब वास्तविक तथ्यांक बुझ्न सके मात्र स्थानीय तहले  योजना बनाउने र समावेशी विकास गर्न  सक्छ । जस्तै  नीति निर्माण स् स्थानीय तह ९गाउँपालिकारनगरपालिका० मा दलित समुदायको जनसंख्या, उनीहरूको सामाजिक(आर्थिक स्थिति, शिक्षा, स्वास्थ्य, आवास, भूमि स्वामित्व, पेशा आदि बारे स्पष्ट रुपमा बुझेर प्रभावकारी नीति र कार्यक्रम ल्याउन सहज हुन्छ।

बजेट निर्माण र कार्यान्वन स् नेपालको संविधान ९धारा ४० ( दलितको हक०, स्थानीय सरकार सञ्चालन ऐन र दलित समुदाय उत्थान तथा अधिकार सम्बन्धी ऐन अनुसार स्थानीय तहले दलित उत्थानका लागि विशेष कार्यक्रम ल्याउनु पर्छ। पार्श्व चित्रले आवश्यकता पहिचान गरी लक्षित कार्यक्रम ९शिक्षा, सीप, रोजगारी, आवास, स्वास्थ्य आदि० बनाउन मद्दत गर्छ।

सामाजिक न्याय र विभेदको अन्त्य स् दलित समुदाय अझै पनि भेदभाव, गरिबी र बहिष्करणमा छन्। स्थानीय तहले आफ्नो दलित पार्श्व चित्र  मार्फत समस्या सम्बोधन गर्दै समानता, सम्मान र अवसर सुनिश्चित गर्न सक्छ। यो कागजी मात्र होइन, व्यावहारिक रूपमा दलित अधिकार कार्यान्वयन गर्न सक्छ । 

WhatsApp-Image-2026-06-25-at-08.57.18-1782378733.jpeg



प्रतिनिधित्व र निर्णय प्रक्रियामा सहभागिता स् स्थानीय निर्वाचनमा दलित ९विशेष गरी दलित महिला० को आरक्षण छ। तर उनीहरूको सार्थक सहभागिता र निर्णयमा प्रभावका लागि उनीहरूको वास्तविक समस्या र आवश्यकता थाहा हुनुपर्छ।
  
अनुदान, अनुगमन र जवाफदेहिता स् संघरप्रदेश एवम् स्थानीय तहबाट संचालित हुने  दलित लक्षित अनुदान सही ठाउँमा प्रयोग भयोरभएन, त्यसको प्रभावकारिता, क्षेत्रगत आअवश्यकत बुझ्न र अनुगमन गर्न पनि दलित पार्श्व चित्र आवश्यक छ। 

दलित पार्श्व चित्र” ले स्थानीय सरकारलाई डाटा(आधारित शासन  तर्फ लैजान्छ र दलित समुदायलाई विकास प्रक्रियामा मुख्यधारामा ल्याउँछ। दलित पार्श्व चित्र “कागजी काम” मात्र होइन, यो सामाजिक न्याय, समावेशी विकास र संवैधानिक दायित्व पूरा गर्ने आधारभूत कदम हो। तिलोत्तमा नगरपालिकाको ७५३ स्थानीय तह माध्ये दलित पार्श्व चित्र निर्माण गरि उदाहरणीय कामको सुरुवात गरेको छ ।

-लक्ष्मी सुनार अध्ययन अनुसन्धानमा आवद्ध हुनुहुन्छ ।

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update