Lumbini Rise
सुरुङभित्र फसेकामध्ये २ जनाको जीवितै उद्धार

बुटवल- रसुवाको भोटेकोशीमा १० भदौमा आएको बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये  दुई जनाको जीवितै उद्धार गरिएको छ ।

शुक्रबार बिहान उद्धार गरिएका पहिलो व्यक्ति सञ्जय साह हुन् । साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारी हुन् ।

यस्तै खोजी तथा उद्धारमा खटिएका इन्जिनियर उदयराज न्यौपानेका अनुसार थप अर्को दोस्रो  व्यक्ति  कविर महर्जन हुन् । उनी त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाका सुपरभाइजर हुन्  । 

नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोली सुरुङभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धारमा खटिरहेको छ ।

आज बिहान मात्रै खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएको नेपाली सेनालाई उद्धृत गर्दै इन्जिनियर श्रीराम न्यौपानेले बताएका थिए ।

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना मर्मत कार्य भइरहेको थियो । साह पनि त्यसैका लागि गएको हुनसक्ने बताइएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update