ज्ञानपुञ्ज इगंलिश बोर्डिङ स्कूलद्धारा १ लाख १४ हजार १९० रुपैयाँ सहयोग
बुटवल - भदौ १० गते रसुवामा आएको बाढीबाट प्रभावितहरुको सहयोगका लागि बुटवल ११ स्थित ज्ञानपुञ्ज इगंलिश बोर्डिङ स्कूलले १ लाख १४ हजार १९० रुपैयाँ सहयोग गरेको छ ।
रसुवामा आएको विनाशकारी बाढीले पुर्याएको क्षतीमा विद्यलय, बिद्यार्थी,शिक्षक तथा कर्मचारीहरूले आफ्नो गक्षअनुसार संकलन गरी प्याब्सनको राहत कोषमार्फत सहयोग गरिएको विद्यालयले जनाएको छ ।
शिक्षक र कर्मचारीबाट ७९ हजार ५ सय, बिद्यार्थीबाट २८ हजार ६९० र ज्ञानपुञ्ज रेडक्रसबाट ६ हजार गरी १ लाख १४ हजार १९० रुपैयाँ आर्थिक सहयोग गरेको प्राचार्य शंकर भण्डारीले बताए । विपदको बेलामा विद्यालय परिवारको तर्फबाट सहयोग गरिएको प्राचार्य भण्डारीले बताए ।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३ ०८:१६
प्रतिक्रिया दिनुहोस्


