Lumbini Rise
एउटै कम्पनीलाई ठेक्कामाथि ठेक्का, जाजरकोटमा पुल र सडक वर्षौंदेखि अलपत्र

सुर्खेत । जाजरकोटमा सडक तथा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको वर्षौं बितिसक्दा पनि करोडौं रुपैयाँका आयोजना अलपत्र छन् ।

एउटै निर्माण कम्पनीले विभिन्न महत्वपूर्ण आयोजना ठेक्का लिए पनि कतिपयमा न्यून प्रगति र कतिपयमा निर्माणको काम नै सुरु नभएको पाइएको छ । यसको प्रत्यक्ष मार भने स्थानीय नागरिक र यात्रुले खेपिरहेका छन् ।

पूर्वाधार विकास कार्यालय जाजरकोटमार्फत सम्झौता भएका चार आयोजनामध्ये अमर सिस्ने जेभीले तीनवटा आयोजनाको ठेक्का लिएको छ । तीमध्ये एउटाको प्रगति ७५ प्रतिशत भए पनि अर्कोमा ३ प्रतिशत र अर्कोमा शून्य छ । साल्मा खोलाको पुलको ठेक्का भने मेघा सिस्ने जेभीले लिएको हो ।

प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update