बुटवलमा ४० जना छोरीलाई निशुल्क प्राविधिक शिक्षा
शुक्रबार, साउन १६, २०८२
बुटवल उपमहानगरपालिकाले प्राविधिक छोरी कार्यक्रम अन्तर्गत ४० जनालाई निशुल्क प्राविधिक शिक्षा दिन थालिएको छ । दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै आइरहेको देशकै पुरानो बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई) मार्फत दुई वर्षे ‘प्री डिप्लो’मा लेबलको कोर्षका लागि मेकानिकलतर्फ २० र इलेक्टिकतर्फ २० गरी ४० जनालाई पढाउन थालिएको हो ।
शिक्षा ऐनमा निजी विद्यालयको विषय सम्बोधन गर्न माग
शुक्रबार, साउन १६, २०८२
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन ९नेसनल प्याब्सन० ले विद्यालय शिक्षा ऐनको प्रस्तावित विधेयक यथाशीघ्र जारी गर्न माग गरेको छ ।
नेसनल प्याब्सनले शुक्रबार पत्रकार सम्मेलन गरी विद्यालय शिक्षा ऐनको प्रस्तावित विधेयक दुरदृष्टिकासाथ समय सापेक्ष रूपमा परिमार्जित गरी जारी गर्न माग गरेको हो ।
इन्टलेक्च्युअल एकेडेमीमा नमूना निर्वाचन
शुक्रबार, साउन ९, २०८२
बुटवल - बुटवल स्थित इन्टलेक्च्युअल एकेडेमीले शुक्रवार नमुना निर्वाचन कार्यक्रम गरेको छ । विद्यार्थीहरूले इन्टलेक्च्युअल बाल क्लब गठन गर्ने प्रयोजनका लागि नमुना निर्वाचन गरी नेतृत्व चुनेका छन् । समूहले प्यानल बनाएर गरिएको निर्वाचनबाट अध्यक्ष ,उपाध्यक्ष ,सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन प्रणालीबाट र सदस्यहरू समानुपातिक निर्वाचन प्रणालीबाट चुनेका थिए ।शिक्षकहरूको सहजीकरणमा...
गर्मीले भैरहवा विद्यालयमा तीन दिन विदा
शुक्रबार, साउन ९, २०८२
बुटवल –रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले अत्याधिक गर्मी भएपछि विद्यालयलाई विदा दिएको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्मीले विद्यार्थी र जनजीवनमा नकारात्मक असर पारी विरामी हुने समस्या देखिन थालेकाले विदा दिएको जनाएको छ ।
गर्मी बढेपछि कपिलवस्तुमा तीन दिन विद्यालय बन्द
शुक्रबार, साउन ९, २०८२
त्यस्तै केही दिन यता बढ्दो अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित भएको अवस्थामा बालबालिकाहरुको स्वास्थ्य अवस्थामा पर्ने सक्ने प्रतिकूल असरलाई विचार गर्दै बाणगङ्गा नगरपालिकाले तीन दिन बिदा दिएको हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको ८० अर्वको देवदह गुरुयोजना सार्वजनिक
शुक्रबार, साउन ९, २०८२
विश्वविद्यालयलाई ०७७ सालमा देवदहमा झण्डै ९२ विगाहा जमिनको सरकारले भोगाधिकार दिएको थियो । सोही जमिन ओगट्नेगरी बनेको गुरुयोजना कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा असार ३२ गते बसेको अठौं सभा बैठकले स्वीकृत गरेको थियो ।
लुम्बिनी इन्टिग्रेटेड एकेडेमीमा रक्तदान
बिहीबार, साउन ८, २०८२
बुटवल - लुम्बिनी इन्टिग्रेटेड एकेडेमी र नेपाल नियमित रक्तदाता संघ, रुपन्देहीको आयोजनामा आज लुम्बिनी इन्टिग्रेटेड एकेडेमीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुटवलमा पछिल्लो समय केही रक्त समूहको रगत अभाव भइरहेको अवस्थामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बी.ए.एल.एल.बी. र बि.एस्सी.फरेष्ट्रीमा अध्ययनरत विद्यार्थी, शिक्षक र कर्मचारीहरुबाट ३१ पिन्ट रगत...
दलित विद्यार्थीलाई छात्रबृतिको माग गर्दै मुक्ति समाज रुपन्देहीले बुझायो ज्ञापनपत्र
बुधबार, साउन ७, २०८२
बुटवल - नेकपा एमाले निकटको मुक्ति समाज नेपाल रुपन्देहीले दलत समुदायका बालबालिकाहरुलाई छात्रबृतिको कार्यान्वयन गर्न ज्ञापन पत्र बुझाएको छ । समाजले शिक्षा विकास समन्वय इकाई, रुपन्देहीका प्रमुख माधव बन्जाडे र प्याब्सन रुपन्देहीका अध्यक्ष दीपक खनाललाई ज्ञापनपत्र बुझाउँदै संविधान र शिक्षा ऐनअनुसार दलित समुदायका बालबालिकालाई छात्रवृत्ति, विशेष छुट तथा अवसर सुनिश्चित...
पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण शिविर सम्पन्न
मंगलबार, साउन ६, २०८२
परिवार नियोजन संघ बुटवलको प्राविधिक सहयोगमा आयोजित शिविरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा। सतिश रुपाखेतीले स्वास्थ्य परीक्षण गरे भने परिवार नियोजन संघका स्वास्थ्यकर्मीहरु पदमा श्रेष्ठ र शुष्मा श्रेष्ठले सहजीकरण गरे।
कार्यक्रममा लायन्स क्लब अफ बुटवल तिलोत्तमाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, उक्त क्लबका तर्फबाट कार्यक्रम संयोजक उपेन्द्रमान श्रेष्ठ, लायन्स क्लब अफ बुटवल तिलोत्तमा...
राममणि क्याम्पसमा विद्यार्थी अभिमुखीकरण
मंगलबार, साउन ६, २०८२
रूपन्देही–रूपन्देहीको मणिग्रामस्थित राममणि क्याम्पसमा दश जोड दुई तहका विद्यार्थीको अभिमुखीकरण कार्यक्रम आज (सोमबार) सम्पन्न भएको छ ।कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीलाई विभिन्न प्राध्यापक तथा विज्ञहरूले पाठ्यवस्तुको अभिमुखीकरण सहित प्रशिक्षण दिनुभएको थियो ।
नवीन औद्योगिक माविमा होटल व्यवस्थापन अभिमुखिकरण
सोमबार, साउन ५, २०८२
उनले विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन र प्रयोगात्मक अभ्यासमा केन्द्रित रहेर शिक्षण प्रक्रिया अघि बढाइरहेको जानकारी गराए ।त्यसैगरी, सहायक प्रधानाध्यापक अर्जुन खनालले विद्यार्थीहरूलाई विद्यालयले लागू गरेको आचारसंहिता २०८२ का मुख्य बुँदाहरूबारे विस्तृत रूपमा सहजीकरण गर्दै भने, “आफ्ना कर्तव्यप्रति इमानदार र अनुशासित विद्यार्थी नै भविष्यमा जिम्मेवार नागरिक बन्न सक्छन्।” उनले अनुशासनलाई पढाइको...
एभरेष्ट माविमा स्वागत तथा अभिमुखीकरण कार्यक्रम
शनिबार, साउन ३, २०८२
बुटवल- बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस माध्यमिक विद्यालयले कक्षा ११ मा अध्ययन गर्ने नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । विद्यालयको कक्षा ११ मा विज्ञान र व्यवस्थापन सङ्कायमा अध्ययन गर्ने करिब पाँच सय विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि शुभकामना, सम्मान तथा अभिमुखीकरण कार्यक्रम गरेको हो ।
साउन २१ सम्म शिक्षा विधेयक पारित नभए आन्दोलन गर्ने महासंघको चेतावनी
शुक्रबार, साउन २, २०८२
साउन २१ गतेसम्म शिक्षा विधेयक पारित नगरे आन्दोलनमा जाने महासंघले चेतावनी दिएको छ । सरकार इमानदार नरहेको महासंघको आरोप छ ।
“असार १५ गते शिक्षा विधेयक पारित गर्ने सरकारले प्रतिवद्धता जनाएको थियो ।तर, षड्यन्त्र भयो,” महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, “२९ दिने आन्दोलनपछि सहमति गरिएको थियो ।


