Lumbini Rise
पामिर एकेडेमीमा खेल महोत्सव सुरु
पामिर एकेडेमीमा खेल महोत्सव सुरु बुटवल- तिलोत्तमा–२ स्थित पामिर इन्टरनेशनल एकेडेमीमा आइतबारदेखि खेल महोत्सव–२०८२ सुरु भएको छ । खेल सप्ताह २०८२ अन्तर्गत आइतबार विभिन्न खेल प्रतियोगिता सम्पन्न भएका छन् । शारीरिक, मानसिक तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै आयोजना गरिएको खेल महोत्सवमा जुनियर तथा सिनियर तहका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
क्यानन माविमा ‘फुड कर्निभल’
क्यानन माविमा ‘फुड कर्निभल’ बुटवल– बुटवल ८ सुख्खानगर स्थित क्यानन माध्यमिक विद्यालयमा आईतबार  ‘फुड कार्निभल’ अर्थात खाना महोत्सव गरिएको छ। विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ व्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजमेन्टका विद्यार्थीहरुको आयोजनामा ‘फुड कार्निभल’ तथा म्यूजिक उत्सव गरिएको हो ।
कालिका मानवज्ञान माविको अध्यक्षमा पुन: नित्यानन्द ज्ञवाली
कालिका मानवज्ञान माविको अध्यक्षमा पुन: नित्यानन्द ज्ञवाली बुटवल- देशकै सर्बोच्च सामुदायिक विद्यालय कालिका मानवज्ञान माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालयमा भएको अभिभावकहरुको भेलाबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो । भेलाबाट पुन नित्यानन्द ज्ञवालीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।
नयाँगाउँ माविको ६३ औँ वार्षिकोत्सवः साढे ४ करोड लगानीमा निर्माण हुने भवनको शिलान्यास
नयाँगाउँ माविको ६३ औँ वार्षिकोत्सवः साढे ४ करोड लगानीमा निर्माण हुने भवनको शिलान्यास विद्यालयको वार्षिकोत्सवको अवसरमा शुक्रबार नै भारतीय राजदुतावासको साढे ४ करोड आर्थिक सहयोगमा निर्माण हुने भवनको सिलान्याश तथा भवनको उद्धघाटन समेत छ । उक्त सहयोग मध्य १० प्रतिशत लगानी बुटवल उपमहानगरपालिकाको रहेको छ । 
इन्टलेक्चयुअल एकेडेमीमा 'मम्मी डान्स' को रौनक
इन्टलेक्चयुअल एकेडेमीमा 'मम्मी डान्स' को रौनक वुटवल- सामान्यतया विद्यालयका मञ्चहरूमा बालबालिका नाच्ने र अभिभावकहरूले ताली बजाउने दृश्य नियमित जस्तै लाग्छन्। तर, बुटवल–११ कालिकानगर स्थित इन्टलेक्चयुअल एकेडेमीको प्राङ्गणमा एउटा यस्तो दृश्य देखियो, जहाँ दृश्य र भूमिका दुवै बदलिएका थिए। घरको भान्सादेखि विभिन्न कार्यालयका कार्यकक्षसम्म कुशलतापूर्वक जिम्मेवारी निभाउँदै आएका आमाहरू जब साङ्गीतिक धुनमा स्टेजमा उत्रिए, तब उपस्थित दर्शकहरू...
बुटवलमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बुटवलमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु बुटवल–शनिबारदेखि बुटवलमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बुटवल उपमहानगरपालिका नगर खेलकूद बिकास समितिको आयोजनामा बुटवल–११, एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
संस्कार सहितको नेतृत्व खोज्दै दीप बोर्डिङ: नमुना संसद्‌मा अभ्यस्त विद्यार्थी
संस्कार सहितको नेतृत्व खोज्दै दीप बोर्डिङ: नमुना संसद्‌मा अभ्यस्त विद्यार्थी ​​​​​​​बुटवल– ​‘माननीय सभामुख महोदय, म सरकारको तर्फबाट एउटा महत्वपूर्ण प्रस्ताव पेश गर्न चाहन्छु’ यो कुनै संघीय संसद वा प्रदेश सभामा बोलिएको भनाई होईन, यो त बुटवल–८, सुख्खानगरस्थित दीप बोर्डिङ हाई स्कूलका हलमा व्यक्त विचार हो । जहाँ विद्यालयका साना विद्यार्थीहरू देशको नीति निर्माण गर्ने थलो संसद कार्यपालिकाको कार्यशैली बुझ्न व्यवहारिक...
शान्ति नमुनामा खेल सप्ताह शुरु 
शान्ति नमुनामा खेल सप्ताह शुरु  तिलोत्तमा- रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा आजदेखि  खेल सप्ताह शुरु भएको छ। विद्यालयको ६७ औं वार्षिकोत्सवको अवसरमा आयोजित खेल सप्ताह अन्तरगत आज भएको छात्रतर्फको फुटवल खेलमा कक्षा ८ जि र ९ जिको संयुक्त टोली विजेता भएको छ ।
शैक्षिक परामर्श प्रदायक संस्थाकाे दर्ता प्रकृया अगाडि बढाउन माग
शैक्षिक परामर्श प्रदायक संस्थाकाे दर्ता प्रकृया अगाडि बढाउन माग बुटवल - राष्ट्रिय शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेश समितिले (नेका) ले पहिलो साधारण सभा यहि पुस २५ गते गर्ने भएको छ । तिलाेत्तमा स्थित टाईगर प्यालेसमा गरिने साधारण सभामा संघको विगत गतिविधिको समीक्षा गर्दै भावी कार्ययोजना तय गरिने छ। साधारण सभाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी नेका लुम्बिनी प्रदेशले दिएको...
लुम्बिनी इन्टिग्रेटेडद्वारा उच्च शिक्षाको सम्भावना र चुनौतीबारे अन्तरक्रिया
लुम्बिनी इन्टिग्रेटेडद्वारा उच्च शिक्षाको सम्भावना र चुनौतीबारे अन्तरक्रिया कार्यक्रममा कार्यपत्रमाथि शिक्षाविद् प्राध्यापक आनन्दमान शाक्य, सिद्धार्थ इन्टरनेशनल कलेजका रामप्रसाद खरेल, अध्यापक डा. प्रकाश शर्मा, क्यानका प्रिन्सिपल शंकर भण्डारी, लीलाराम माविका प्रअ रुपकुमार रायमाझी, अध्यापक रोम शर्मा, मेघराज शर्मा, माधव पौडेल, अधिवक्ता गोविन्द मरासिनी, तिलोत्तमा नपाका कार्यपालिका सदस्य रवि सेन्चुरी, वन तथा वातावरण विज्ञ दामोदर शर्माले कार्यपत्रमाथि आफ्ना विचार राख्नुभएको...
रुपन्देहीमा पहिलो पटक जिल्लास्तरीय चित्रकला प्रतियोगिता, क्याननका आर्यन भए प्रथम 
रुपन्देहीमा पहिलो पटक जिल्लास्तरीय चित्रकला प्रतियोगिता, क्याननका आर्यन भए प्रथम  बुटवल– नेपाल व्यवासायिक कलाकार संघका रूपन्देहीको आयोजनामा जिल्ला स्तरीय अन्तर विद्यालय लाईफ स्टिल चित्रकला प्रतिगिता शुक्रबार बुटवलमा सम्पन्न भएको छ । रूपन्देही जिल्लाका सामुदायिक तथा नीजि गरी १६ विद्यालयका विद्यार्थीहरुले कालिका मानवज्ञान माविमा भेला भएर प्रत्यक्ष रुपमा चित्र हेर्दै स्थिर अर्थात लाईफ स्टिल पेन्टीङ गरेका हुन् ।
क्याननमा चिनिँया भाषाको कक्षा सुरु, छिट्टै संस्कृत भाषामा पनि पढाई हुने 
क्याननमा चिनिँया भाषाको कक्षा सुरु, छिट्टै संस्कृत भाषामा पनि पढाई हुने  बुटवल – क्यानन माध्यमिक विद्यालयले बुटवलमा ऐच्छिक कक्षाका रुपमा चिनियाँ भाषाको पढाई सुरु गरेको छ । बुद्धजन्मस्थल लुम्बिनीको काखैमा रहेको र चिनले विश्वमा प्रविधि र व्यापारमा बढाएको प्रभावलाई बुझ्न प्रेरित गर्ने उदेश्यले चिनियाँ भाषाको कक्षा सुरु गरिएको विद्यालयले जनाएको छ । 
Weather Update