Lumbini Rise
कान्ति माविको निर्वाचन : दुई दशकसम्मको एमाले वर्चस्व गुम्यो, नेकपा र रास्वपा निकट अभिभावक विजयी


बुटवल– बुटवलको कान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिमा दुई दशकसम्म नेकपा एमाले निकट अभिभावकहरुले कब्जा जमाएका थिए । तर, शनिबार भएको विद्यालय व्यवस्थापन समितिको निर्वाचनले भने नेकपा, रास्वपा सहितको टिमले विजयी हासिल गरेर नयाँ रेकर्ड कायम गरेका छन् ।

शनिबार राती सम्पन्न भएको मतगणनामा २ जना खुल्ला सदस्य तर्फ रामकृष्ण शर्मा र मित्र गिरी विजयी भएका हुन् । शर्माले ५१४ मत ल्याए भने गिरीले ४८१ म्त ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत झविन्द्र भुसालले जानकारी दिए । सदस्यमा विजयी शर्मा नेकपा निकट र गिरी रास्वपा निकट हुन् ।

 प्रतिस्पर्धामा उत्रेका नेकपा एमाले निकट होमनाथ पाण्डेले ३४५ र शिव आचार्यले ३५५ मत ल्याएर पराजित भए । यसैगरी महिला सदस्य २ जनामा पनि विपक्षी टिमबाट नेकपा माओवादी निकट कमला पन्थी ५८८ मतका साथ विजयी भएकी छन् । यस्तै अर्का महिला सदस्यमा नेपाली काँग्रेस निकट संगिता पोखरेल ५०१ मत सहित विजयी भएकी छन् ।

महिलातर्फ नेकपा एमाले निकटबाट उम्मेद्वार भएका राधिका पन्थीले ३८३ र गीता अर्याल पन्तले २४६ मत ल्याएर पराजित भए । ३ हजार ९७७ मतदाता रहेपनि शनिबार एक १ हजार १४२ मत खसेको थियो । २०८१ बैशाख पहिलो साता नै विद्यालय व्यवस्थापन समितिको समय सकिएको भएपनि नेकपा एमाले र नेपाली काँग्रेसविच कस्ले नेतृत्व गर्ने भन्ने बिषयमा टकराव हुँदा झन्डै १५ महिनापछि बल्ल निर्वाचन भएको हो ।

नेकपा एमाले निकट अभिभावकहरुले दुई दशकदेखि कान्तिको व्यवस्थापनमा नेतृत्व गर्दै आएका थिए । तर, शनिबार सहमतीमा नजादा नयाँ दल रास्वपा सहित नेकपा, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी निकटका अभिभावकहरु एकजुट भएर चुनावी मैदान ओर्लदा एमालेका उम्मेद्वारहरु पराजित भएका हुन् । 

५ हजार ७ सय विद्यार्थी रहेको विद्यालयमा एक अभिभावकले एक मताधिकार पाउने गरी निर्वाचन गराइएको निर्वाचन अधिकृत भुसालले बताए ।

खुल्लातर्फ २ सदस्यका लागि ९ जना र २ महिला सदस्यका लागि ७ जना गरी ४ पदका लागि १६ जनाले प्रतिस्पर्धा गरेका थिए । 

516450879_4960358530856811_1129653745064615004_n-1751772511.jpg


 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update