कान्ति माविको निर्वाचन : दुई दशकसम्मको एमाले वर्चस्व गुम्यो, नेकपा र रास्वपा निकट अभिभावक विजयी
आइतबार, असार २२, २०८२
बुटवल– बुटवलको कान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिमा दुई दशकसम्म नेकपा एमाले निकट अभिभावकहरुले कब्जा जमाएका थिए । तर, शनिबार भएको विद्यालय व्यवस्थापन समितिको निर्वाचनले भने नेकपा, रास्वपा सहितको टिमले विजयी हासिल गरेर नयाँ रेकर्ड कायम गरेका छन् । शनिबार राती सम्पन्न भएको मतगणनामा २ जना खुल्ला सदस्य तर्फ रामकृष्ण शर्मा र मित्र गिरी विजयी भएका हुन् । शर्माले ५१४ मत ल्याए भने गिरीले ४८१ म्त ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत झविन्द्र भुसालले जानकारी दिए । सदस्यमा विजयी शर्मा नेकपा निकट र गिरी रास्वपा निकट हुन् ।